9 years ago
April 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – स्पोनसर युनिभर्सिटी क्रिकेट कपमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) र ग्लोबल कलेजले विजयी सुरुआत गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा त्रिविले नेपाल इन्जिनियरिङ क्याम्पस ‘बी’ लाई ९ विकेटले तथा अर्को खेलमा ग्लोबल कलेजले नेपाल इन्जिनियरिङ क्याम्पस ‘ए’ लाई १० ले हरायो ।

त्रिविका प्रदिप टण्डन ब्याटिङ गर्दै ।
इन्जिनियरिङले दिएको ६९ रनको लक्ष्य त्रिविले ७.२ बलमा १ विकेट गुमाएर पुरा गरेका थियो । त्रिविका राकेश कर्णले सर्वाधिक ३५ रन बनाए । यस्तै अश्चल चौधरी २२ र प्रदिप टण्डन १० रनमा अविजित रहे । इन्जिनियररिङका विवेक यदुवंशीले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्जिनियरिङले १६.३ बलमा सबै विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो । इन्जिनियरिङका ओपनर प्रन्सु जोशीले १४ तथा दिपेश दासले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । त्रिविका प्रदिपले ४, राकेशले ३, सागर ढकालले २ तथा रुपेश श्रीवास्तवले १ विकेट लिए । त्रिविका प्रदिप म्यान अफ दि म्याच घोषित भए ।
दोस्रो खेलमा ६२ रनको सामान्य लक्ष्य ग्लोबलले ५.४ बलमा विकेट नगुमाई पुरा ग¥यो । ग्लोबलका लागि ओपनर दिपेश चन्दले अविजित रहँदै अर्धशतक पुरा गरे । उनले ५२ रन जोडे । आशिष सिंह २ रनमा अविजित रहे । २७ बल खेल्दै दिपेनले ९ चौका र १ छक्का प्रहार गरे ।
त्यसिअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्जिनियरिङले १४.४ बलमा सबै विकेट गुमाएर ६१ रनमात्र बनाउन सक्यो । टोलीका लागि सुजल श्रेष्ठले २२ रन बनाए । ग्लोबलका बिक्रम गुरुङ र कनक बज्रचार्यले समान ३, यादव घलले २ तथा रोम खड्काले १ विकेट लिए । ग्लोबलका दिपेश म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्र्तगत बुधबार पाटन बहुमुखी क्याम्पस र निष्ट तथा पाटन एकेडेमी अफ हेल्थ साइन्स र एसएस कलेजबीच प्रतिस्पर्धा हुनेछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]