default_image

9 years ago

April 6, 2017

‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग ‘डिपिएल’ को तयारी पूरा

143 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)- सर्वाधिक पुरस्कार राशिको तथा नेपाली क्रिकेटमा पहिलोपटक अक्सनका आधारमा हुन लागेको ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ (डिपिएल)को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदुरपश्चिमाञ्चल ऐकेडेमी (एसपीए) ले बिहिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयरी पुरा भएको जानकारी गराएको हो ।

विभिन्न शहरका टोलीहरुलाई फ्रेन्चाईज गरेर चैत २७ देखि बैशाख ०९ सम्म आयोजना गर्न लागिएको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको पुस २३ गते अक्सन गरेको थियो । प्रतियोगितामा सहभागिता जनाउने केही टिमहरु धनगढी आईसकेका छन् भने केही टिमहरु धनगढी आउने क्रममा छ । यस्तै मैदान तथा पिच निर्माण सम्पन्न भईसकेको छ ।

प्रतियोगितामा देशभरका विभिन्न ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सीवाईसी अत्तरियाको कप्तानी ज्ञानेन्द्र मल्ल, विराटनगर किङ्सको कप्तानी शरद भेषवाकर, काठमाडौं गोल्डेन्सको कप्तानी बसन्त रेग्मी, रुपन्देही च्यालेन्जर्सको शक्ति गौचन, कञ्चनपुर आइकोनिकको विनोद भण्डारी र टिम चौराहा धनगढीको कप्तानी पारस खड्काले गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल–११ र धनगढी–११ बीच च्यारिटी खेल हुनेछ । सो च्यारिटी खेलबाट खर्च कटाएर बचेको रकम ड्रिम फाप्लालाई हस्तान्तरण गरिने आयोजकले यसअघि नै सार्वजनिक गरिसकेको थियो । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेतालाई रु ७ लाख प्राप्त गर्नेछ ।

प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले टिभीएस आरटिआर २०० अपाचे मोटरसाईकल पाउनेछन् । प्रतियोगिताको पुरस्कार मा मात्र २७ लाख रुपैया खर्च हुनेछ । प्रतियोगिताको अनुमाति लागत रु १ करोड ६० लाख रहेको छ । प्रतियोगितामा टिकटदर रु ३०, ५०, ८० र र १०० तोकिएको छ । गोलाप्रथाबाट एक जना दर्शकले २५ हजार प्राप्त गर्नेछ ।

टिकटबाट प्राप्त हुने रकमको २० प्रतिशत धनगढी क्रिकेट एकेडेमीका दिवांगत पुर्व प्रशिक्षक अर्जुन खड्काका छोराछोरीको अध्ययनका लागि कोष खडा गर्न छुट्याइनेछ भने १५ प्रतिशत रकम फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगाशाला निर्माण अभियान (ड्रिम फाप्ला) का लागि छुट्याइनेछ भने १५ प्रतिशत रकम सहभागी टिमहरुलाई दिइनेछ ।

२८ गते सिवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्सले पहिलो खेल खेल्नेछ यस्तै सोही दिन रुपन्देही च्यालेन्जर्स तथा कञ्चनपुर आइकोनिकबीच खेल हुनेछ । टि–२० को आधारमा हुने प्रतियोगितामा हरेक टिमले लिग चरणमा एक आपसमा एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् ।

त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए) र धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले ‘एसपिए’ कपको नामबाट सन् २०१० मा पहिलो प्रतियोगिता आयोजना गरेको थियो ।

त्यसपछि ‘होटल डिभोटी एसपीए कप’ र नेपालमै पहिलो पटक खेलाडीको अक्सन प्रक्रियाद्धारा आयोजित ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग’ को मर्जरको नयां स्वरुप नै ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ (डिपिएल) हो ।

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

Success

Thank you for your time.