default_image

9 years ago

April 6, 2017

स्पोन्सर युनिभर्सिटी क्रिकेटमा शंकरदेव र कमर्श क्याम्पस विजयी

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पोन्सर युनिभर्सिटी क्रिकेट कपमा बिहीबार शंकरदेव क्याम्पस र नेपाल कमर्श क्याम्पस विजयी विजयी हुँदै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा बिहीबार पहिलो खेलमा शंकरदेवले सेन्ट लरेन्स क्याम्पसलाई ४९ रन तथा कमर्श क्याम्पसले कसमस कलेजलाई ८ विकेटले हरायो ।


शंकरदेवले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको सेन्ट लरेन्स १८.४ ओभरमा १ सय १४ रनमा समेटियो । सेन्ट लरेन्सका अमित श्रेष्ठले ३२, प्रनित थापाले २१, अभिशेष थापाले १८ र उमेश ठकुरीले १२ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । शंकरदेवका प्रकाश विष्ट, आशिष पोखरेल, लोकेन्द्र धामी र विनोद भट्टराईले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको शंकरदेवले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । टोलीका आयुष्मान बमले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सोमेश यादवले ३५ तथा अरुण ऐरी र रविन चन्दले समान १६ रन जोडे । सेन्ट लरेन्सका इसानसिंह बाँनियाले ३ तथा अभिशेष थापाले २ विकेट लिए । शंकरदेवका आयुष्मान म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै अर्को खेलमा कसमसले दिएको ६८ रनको सामान्य लक्ष्य शहिद नेपाल कमर्श क्याम्पसले ६.३ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो । कमर्शको जितमा प्रकाश विष्टले ३४ र हिमांशु दत्तले अविजित २१ रन बनाए । धिरज अधिकारी २ रनमा अविजित रहे । दीपक कठायत र विवेक साउदले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कसमस १४.४ ओभरमा सबै विकेट गुमाएर ६७ रनमात्र बनाउन सक्यो । कसमसका लागि मध्यक्रमका ब्याट्सम्यान चुडामडि पण्डितले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन गर्न सकेनन् । कसमसलाई सस्तैमा समेट्न कमर्शका नविन थापा एक्लैले ६ विकेट लिए । नविन खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्र्तगत शुक्रबार समूह चरणको अन्तिम खेलमा काठमाडौं युनिभर्सिटी अफ आर्टस् र गोल्डेन गेट तथा दोस्रो खेलमा राजश्री र के एण्ड केबीच खेल हुनेछ । शुक्रबारको खेलसँगै क्वार्टरफाइनल समिकरण पुरा हुनेछ । यसअघि त्रिभुवन विश्व विद्यालय, ग्लोबल कलेज, निष्ट कलेज, शहिद स्मारक कलेजले क्वार्टरफाइनल पुगिसकेका छन् ।

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

Success

Thank you for your time.