9 years ago
April 7, 2017
बेलबारी (हाम्रो खेलकुद)– नाइट चेस क्लब काँकर भिट्टाले पिएलओ प्रथम पूर्वाञ्चल स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सप्तरी ११ राजविराजलाई ५ विकेटले हराउँदै नाइट चेस पूर्वाञ्चल च्याम्पियन बनेको हो ।

७३ रनको लक्ष्य पछ्याएको नाइट चेसले १५.३ ओभरमा आवश्यक रन जोड्दै उपाधि जितेको थियो । त्यसअघि टस जितेर ब्याटिङ गरेको सप्तरीले १८.५ ओभरमा सबै विकेट गुमाएर ७२ रन बनाएको थियो । सप्तरीलाई सस्तैमा रोक्ने क्रममा नाइट चेसका विक्रम कार्कीले ४ विकेट लिएका थिए । विजेता नाइट चेसले उपाधिसहित ५१ हजार र सप्तरीले ३१ हजार रुपैयाँ प्राप्त गर्यो ।
नाइट चेसका सन्दीप ढुंगाना म्यान अफ दी सिरिज घोषित हुँदै ५ हजार १ सय प्राप्त गरे । होराइजन क्लब विराटनगरका मनोज मण्डल वेस्ट बलर र नाइट चेसका अंकित सुवेदी वेस्ट ब्याट्सम्यान चुनिएका थिए । मनोज र अंकितले समान ३ हजार १ सय पाए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे । बेलबारी क्रिकेट क्लबको आयोजनामा चैत १६ देखि सुरु भएको प्रतियोगितामा पूर्वाञ्चलका १६ टोलीको सहभागिता थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]