9 years ago
April 9, 2017
दिपेन्द्र पोखरेल
धनगढी – नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिष्द (आइसिसी) ले निलम्बन गरेको यहि साता बर्ष दिन पुरा हुँदैछ । जिम्मेवारी भन्दा पदलाई महत्व दिने पदाधिकारीहरुका कारण यसै सुस्ताएको नेपालको घरेलु क्रिकेटका लागि निलम्बन पर्नु काम नगर्नेका लागि अर्को गतिलो वहाना बनिरहेको छ ।
क्यान भित्र दुई गुट उपगुट , त्यसपछि २०७२ मंसिरमा भएको निर्वाचन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्यसलाई मान्यता नदिइ अर्को तदर्थ समिति गठन गर्नु, त्यसपछि वैद्यानिकताका विवाद सर्वोच्च अदालतमा पुग्नुले नेपालमाथि हस्तक्षेप गर्न आइसिसीलाई एउटा राम्रो अवसर मिलेको थियो । यो बर्षदिनमा आइसिसीले नेपाली क्रिकेटमाथि शासन गरिरहेका र नेपालीहरु मुकदर्शक बनेर बसिरहनु परेको अवस्था छ । अझै कहिले सम्म यो अवस्थाले निरन्तरता पाउने हो भन्न सकिने अवस्था छैन ।
तर, कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भने जस्तै केहि क्रिकेटप्रेमीले व्यक्तिगत र संस्थागत पहलमा झन्डै शून्यको अवस्थामा पुग्न लागेको घरेलु क्रिकेटलाई पुर्नजीवन दिने प्रयास गरिरहेका छन् । त्यसमध्येका एक हुन् सुदूरपश्चिमाञ्चलका सुवाश शाही र उनले नेतृत्व गर्दै आएको धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमी संस्था क्रियासिल छन् ।
उनको नेतृत्वमा सुदूरपश्चिमाञ्चललाई क्रिकेटको शहरका रुपमा विकास गर्न युवाहरुको समूह नै सक्रिय भएको छ । विभिन्न नाम हुँदै अहिले चौथो बर्षमा सगरमाथा सिमेन्ट डिपिएलको नाम सुरु हुन लाग्दा यसले नेपाली क्रिकेटमा एउटा बेग्लै उचाई बनाएको छ । नेपाली क्रिकेटमा पहिलो पटक खेलाडी पनि अक्सन गरिएको डिपिएल नेपालमा व्यवसायिक क्रिकेट सुरुआतको कोसेढुंगा सावित हुने क्रममा छ । विजेताले १५ लाख र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ पाउने नेपाली क्रिकेटमा यसअघि कहिल्यै भएको थिएन ।
यसै बर्षमा अर्का पूर्व क्रिकेट आमिर अख्तरले पनि इपिएल आयोजना गरेर नेपालमा क्रिकेटको लोकप्रियतालाई जोगाई राख्ने प्रयास गरेका थिए । त्यसबाहेक क्रिकेट खेलाडी उत्पादनका हिसाबले महत्वपूर्ण मानिएका जिल्लाहरुमा स्थानिय पहलमा क्रिकेट प्रतियोगिता आयोजना गरेर यसलाई निरन्तरता दिने काम भइरहेको छ ।
करोड भन्दा बढी खर्च हुने डिपिएलको रौनकता आजबाट सुरुआत हुँदैछ । मुख्य प्रतियोगिता भोलीबाट सुरु हुने भएपनि नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित टोलीका अधिकांश सदस्य रहेको नेपाल ११ र स्थानिय क्रिकेट खेलाडीका पदम केसीको नेतृत्वमा धेनगढी ११ बीच आज च्यारिटी खेल हुनेछ ।
यो च्यारिटी खेलको पनि आफनै महत्व दर्साउन खोजिएको छ । एउटा टिकटका लागि १ सय रुपैयाँ मुल्य तोकिएको छ । आज हुने खेलको खर्च कटाएर बचेको रकम फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान ‘ड्रिम फाप्ला’ हस्तान्तरण गर्ने बताइएको छ । त्यो मैदानको काम पनि शाहीकै अग्रसरतामा अघि बढिरहेको छ ।
च्यारिटी खेलमार्फत पारसले मैदानमा पुनरागमन गर्दैछन् । पेटको शल्यक्रियापछि पूर्ण रुपमा फिट नभइसकेका कारण विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको गत महिना भएका दुई खेल गुमाएका पारसले यसै महिना बंगलादेशमा भएको इमर्जिङ नेसन्स कप पनि खेलेनन् । उनको पुनरागमन हेर्न पक्कै पनि सुदूरपश्चिमका दर्शक उत्साहित छन् ।
पारससँग नेपाल ११ मा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ती गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, बिनोद भण्डारी, सन्दिप लामिछाने, दीलिप नाथ, मेहबुब आलम, अबिनाश कर्ण, आशिफ सेख, आरिफ सेख र सुशान भारी छन् ।
पूर्व राष्ट्रिय खेलाडी पदमको नेतृत्वमा धनगढी ११ मा राष्ट्रिय टोलीका सुनिल धमला, दिपेन्द्र सिंह ऐरी, राजु रिजाल, भुवन कार्कीसहित विजय राना, आयुब चन्द, नारायण जोशी, बिक्रम ठगुन्ना, रोमन बम, रोशन अधिकारी, लोकेश बम, बिपिन रावल र अमित पडाल छन् ।
पदमले राष्ट्रिय खेलाडी सम्मिलित टोलीसँग खेल्न पाउनुलाई अवसरका रुपमा हेरेका छन् । पदमले भने ‘यस्तो अवसर जहिले आउदैन, त्यसैले हामीले यसलाई सदुपयोग गर्न प्रयास गर्नेछौं ।’
पारसले भने च्यारिटी खेलसँगै डिपिएलले सुदूरपश्चिमाञ्चलमा क्रिकेटको माहोल बन्दै जाने विश्वास गरे । उने भने, ‘च्यारिटी खेलले स्थानीय तहमा क्रिकेट राम्रो प्रवर्धन गर्ने छ । धनगढीका खेलाडीका लागि राम्रो अनुभव हुनेछ ।’

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]