9 years ago
April 9, 2017
धनगढी (हाम्रो खेलकुद) – देशकै ठूलो खेलकुद प्रतियोगिता मध्येको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) आइतबारबाट सुरु हुँदैछ । धनगढी क्रिकेट एकेडेमी र एसपिए कलेज कैलालीको आयोजनामा प्रतियोगिताको पहिलो दिन भने मुख्य प्रतिस्पर्धा नभइ च्यारिटी खेल हुनेछ । जसमा राष्ट्रिय खेलाडी सम्मिलित नेपाल ११ र धनगढी ११ बीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपाल ११ र पदक केसीले धनगढी ११ को कप्तानी गर्नेछन् ।
उत्घाटन समारोहमा हुने च्यारिटी खेल बाहेक ‘एपी वान’ टेलिभिजनले प्रतियोगिताका सबै खेलको प्रत्यक्ष प्रसारण गर्नेछ । प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा सोमबार ज्ञानेन्द्र मल्लको कप्तानीमा सीवाईसि अत्तरियाले काठमाडौँ गोल्डेन्सको सामना गर्नेछ । गोल्डेन्स वसन्त रेग्मीको कप्तानमा उत्रनेछ । सोमबारको अर्को खेलमा रुपन्देही च्यालेन्जर्सले कन्चनपुर आइकनिकको सामना गर्नेछ ।
खेल तालिका तल हेर्न सक्नु हुनेछ :

खेल लाइभ कसरि हेर्ने ?
उत्घाटन समारोहमा हुने च्यारिटी खेल बाहेक ‘एपी वोन’ टेलिभिजनले सम्पूर्ण खेलहरुको प्रतक्ष्य प्रसारण गर्नेछ । त्यस्तै लाइभ हेर्ने अन्य तरिका हरु तल छन् ।
१. हाम्रोखेलकुदबाट , फेसबुक पेज र वेबसाइटमा लाइभ अपडेट हेर्नुको साथै भिडियो क्लिप पनि हेर्न सक्नु हुनेछ ।
२. एपी वोन टेलेभिजनमा लाइभ हेर्न सक्नु हुनेछ भने एपी वोनको युटुबमा अनलाइन लाइभ हेर्न सक्नु हुनेछ ।
३. त्यस्तै क्रिक इन्फोबाट खेलको लाइभ अपडेट पाउन सक्नु हुनेछ ।

December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]