default_image

9 years ago

April 9, 2017

नेपाल ११द्वारा धनगढी ११ सामु १ सय ६२ रनको लक्ष्य प्रस्तुत

138 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – नेपाल ११ र धनगढी ११ बीच जारी च्यारिटी खेलमा पहिलो ब्याटिङ गरेको नेपाल ११ले ८ विकेटको क्षतिमा १ सय ६१ रनको योगफल तयार पारेको छ

टस जितेर ब्याटिङ रोजेको नेपालले खराब सुरुवात गरेपनि बसन्त रेग्मी र पारस खड्काले तेश्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै टोलीलाई उकासेका थिए त्यसपछि पारस र शरद मिलेर चौथो विकेटका लागि ६३ रन जोडेका थिए बिक्रम ठगुन्नाले इनिङ्सको पहिलो ओभरमै २ ओपनरलाइ पेभेलियन फर्काएपछि नेपाल एघार दबाबमा परेको थियो। 

अर्धशतक पुरा गरेपछि कप्तान पारस खड्का

ठगुन्नाले निर्धारित ४ ओभरमा २१ रङ खर्चेर ४ विकेट लिएका थिए उनले ४४ बलमा ६८ रन बनाएका कप्तान पारस खड्का र गोल्डेन डकआउट भएका बिनोद भण्डारीको पनि विकेट लिए पारसले ७ चौका र ४ छक्का प्रहार गर्दै उत्कृष्ट ब्याटिङको नमुना पेस गरेका थिए

चार विकेट लिएका बिक्रम ठगुन्ना सेलिब्रेट गर्दै

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका बसन्त रेग्मीले पनि उत्कृष्ट प्रदर्शन गर्दै ३८ बलमा ४ चौका र ३ छक्काको मद्दतले ४३ रन बनाएका थिए। सागर भण्डारी र पदम केसीले धनगढीको लागि १/१ विकेट लिएका थिए।

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

Success

Thank you for your time.