9 years ago
April 9, 2017
दिपेन्द्र पोखरेल धनगढी – तीन महिना पछि क्रिकेटमा पुनरागमनमा म्यान अफ दी म्याच बनेका पारस खड्काले अर्धशतक बनाएको च्यारिटी खेलमा आइतबार नेपाल ११ धनगढी ११ लाई ३१ रनले हराएको छ ।

सुदूरपश्चिमाञ्चलमा भोलीबाट सुरु हुने सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटको एक दिनअघिको च्यारिटी खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रनमात्र बनाउन सक्यो । धनगढीलाई लक्ष्यमा पुग्न नदिन नेपाल ११ का शक्ति गौचनले ३, सोमपाल कामीले २ तथा महबुब आलम, सन्दीप लामिछाने र अभिनाष कर्णले समान १ विकेट लिए । धनगढीका लागि ओपनस सुनिल धमलाले सर्वाधिक ३४, दीपेन्द्र सिंह ऐरीले २६, रोशन अधिकारीले १७, विजय रानले १३ र लोकेश बलमे १० रन बनाएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ११ ले कप्तान पारसले सर्वाधिक ६८ रन बनाएपछि नेपाल ११ ले ८ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । वसन्त रेग्मी र पारसले तेश्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै टोलीलाई उकासेका थिए । त्यसपछि पारस र शरद मिलेर चौथो विकेटका लागि ६३ रन जोडेका थिए । बिक्रम ठगुन्नाले पहिलो ओभरमा २ ओपनरलाई आउट गरेपछि नेपाल ११ दबाबमा परेको थियो । विक्रमले ४ ओभरमा २१ रन दिएर र ४ विकेट लिएका थिए । उनले पारस र गोल्डन डकआउट विनोद भण्डारीसहितको विकेट लिएका थिए । पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदपछि पारस पहिलो पटक मैदान उत्रेका थिए ।
पेटको शल्यक्रियापछि पूर्ण रुपमा फिट नभएका उनले पछिल्ला दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिएनन् । पुरानै फर्मको झल्को दिने गरि पारसले ४४ बलमा ७ चौका र ४ चौका प्हार गरेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गरेका वन्सतले ४४, शदर भेषावकरले १९ र महबुबले १० रन बनाए । ओपनर सागर पुन र दीलिप नाथले खाता खोलन सकेनन् । सोमपाल २ रनमा रनआउट भए भने शक्ति शून्यमा अविजित रहे ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]