9 years ago
April 10, 2017
दिपेन्द्र पोखरेल
धनगढी – सुदूरपश्चिमाञ्चलको धनगढीमा जारी धनगढी प्रिमियर लिग क्रिकेटको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको सिवाइसी अत्तरीयाले वसन्त रेग्मीको काठमाडौँ गोल्डेन्सलाई ४० रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सिवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १४६ रन बनायो । जवाफमा काठमाडौँ गोल्डेन्स सबै विकेट गुमाउदै १८ ओभर ४ बलमा १०६ रनमा समेटियो ।
अत्तरियाले पहिलो ओभरमा आफ्नो पहिलो विकेट गुमाएको थियो । दशौं ओभरमा आफ्नो कप्तान ज्ञानेन्द्र मल्ललाई ७ रनमा गुमाएको अत्तारियाले मेहबुब आलमलाई गुमाउदा ५ विकेटको क्षतिमा ५७ रन बनाएको थियो ।

अर्धशतक प्रहार गरेका सिवाइसी अत्तरियाका योगेन्द्र कार्की
सम्हालिएको ब्याटिंग गरेका योगेन्द्र सिंह कार्की र ज्ञानेन्द्र कुँवर बिचको ६९ रनको साझेदारीको मद्धतले सिवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १४६ रन बनाउन सफल भयो ।
अर्धशतक प्रहार गरेका योगेन्द्रले ४१ बलको सामाना गर्दै ७ चौका र एक छक्काको मद्धतले ५७ रन जोडेका थिए । त्यस्तै ज्ञानेन्द्र कुवरले पाँच चौका प्रहार गर्दै ३४ रन जोडे ।
काठमाडौँ गोल्डेन्सकालागि सोमपाल कामीले दुइ तथा मन्जित श्रेष्ठ, सन्तोष भट्ट र रोहित कुमार पौडेलले समान १ विकेट लिए ।
१४७ रनको लक्ष्य बोकेको काठमाडौँ गोल्डेन्सका लागि माथिल्लो क्रमका ब्याट्सम्यानले राम्रो योगदान दिन सकेनन्। ३३ रनमा ७ विकेट गुमाएको काठमाडौँकालागि पहिलो पाँच ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन । सोमपाल कामि र सन्तोष भट्ट बीचको ६१ रनको साझेदारीले मिडल अर्डरमा काठमाडौँको ब्याटिङ सम्हालिएपनि सोमपाल(४०) र सन्तोष(३१) बाहेक कसैको ब्याट नचलेपछि काठमाडौँ १०६ रनमा सिमित भयो ।
अत्तरियाका लागि अविनाष बोहोराले ४, बिनोद लामाले ३ तथा सशी केसरी र प्रदिप ऐरीले समान १ विकेट लिए । धारिलो बलिङ गर्दै आफ्नोटोलीलाई जित दिलाएका अविनाष खेलको म्यान अफ द म्याच भए।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]