default_image

9 years ago

April 11, 2017

कप्तान शरद चम्कदा बिराटनगर किङ्स विजयी

195 views

0 Bookmark

दिपेन्द्र पोखरेल

धनगढी – सुदूरपश्चिममा जारी धनगढी प्रिमियर लिग अन्तर्गतको आफ्नो पहिलो खेलमा बिराटनगर किंग्सले धनगढी टिम चौराहालाई २३ रनले पराजित गरेको छ। खेलका म्यान अफ द म्याच कप्तान शरद भेषावकरको अलराउन्ड प्रदर्शनमा बिराटनगरले पारस खड्काको नेतृत्वमा रहेको धनगढीलाई पराजित गरेको हो।

Sharad

टस जितेर बलिङ रोजेको चौराहासामु किंग्सले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १३५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सुस्त सुरुवात गरेपनि अनिल शाह र कप्तान शरदको आक्रामक ब्याटिङको मद्दतले बिराटनगरले चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गर्यो । १५औं ओभरको पाँचौ बलमा ३१ रनमा रहेका शरदको सहज क्याच लङ अनमा अनिल मण्डलले ड्रप गरेका थिए । १८ ओभरमा १२४ रन रहेको बिराटनगरले अन्तिम दुइ ओभरमा १० रन मात्र जोड्न सफल भयो ।

Paras out

टिम चौराहाका कप्तान पारस खड्काको विकेटको खुशियाली मनाउदै बिराटनगर किंग्सका खेलाडीहरु

बिराटनगरका लागि सर्वाधिक योगदान शरदको रह्यो , उनले ३२ बलको सामाना गर्दै ४६ रन जोडे । इनिङको अन्तिम बलमा दोस्रो रनका लागि जोड दिदा शरद रन आउट भएका थिए । त्यस्तै तेस्रो ब्याट्सम्यान अनिल शाहले ३ छक्कको मद्धतले २८ रन जोडे भने ठुलो प्रहर गर्ने प्रयासमा लङ अनमा समातिएका अमित श्रेष्ठले १९ तथा अर्का ओपनर आरिफ शेखले १० रन जोडे । पहिलो इनिङको १५औं ओभरमा अनिल शाहको स्थानमा ब्याटिङमा प्रवेश गरेका प्रनित थापा मगरले १४ बलमा २१ रन जोडे । धनगढी टिम चौराहाका लागि ललित राजबंशीले २ विकेट लिए भने सुसान भारि, रामनरेश गिरी र आरिफ शेखले समान १-१ विकेट लिए ।

१३५ रनको लक्ष्य लिएर मैदान छिरेको धनगढीले पाँचौ ओभरमा राजु रिजालको रुपमा आफ्नो पहिलो विकेट गुमायो । पहिलो विकेट गुमाएपछि ७ रनमा आरिफ शेख र लगत्तै आफ्नो कप्तान पारस खड्कालाई गुमाएको टिम चौराहा खेलमा फर्कन सकेन। सम्हालिदै खेलेका ओपनर अनिल मण्डलले  ३८ बलको सामना गर्दै २४ रन जोडे। मिडल अर्डरमा अमर राउटेलाले २ छक्का प्रहार गर्दै २४ रन जोडेपनि उनको योगदान खेलको नतिजा परिवर्तन गर्न काफी रहेन।

बिराटनगरको बलिङ तर्फ कप्तान शरद र सुशील कंडेलले समान ३-३ विकेट लिए भने जितेन्द्र मुखियाले २ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए।

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

Success

Thank you for your time.