default_image

9 years ago

April 11, 2017

शरद- ‘पारसको विकेट म्याचको टर्निंग प्वाइन्ट’

131 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – बिराटनगर किङ्सका कप्तान शरद भेषावकरले टिम चौराहाविरुद्धको जितमा पारस खड्काको विकेट महत्वपुर्ण रहेको बताएका छन् । युवा स्पिनर सुशील कणेलको बलमा आसिफ शेखको हातबाट क्याच आउट भएका पारसले ९ बलमा २ रन मात्र प्रहार गर्न सकेका थिए ।

Sharad

धनगढी प्रिमियर लिग अन्तर्गतको तेस्रो खेलमा बिराटनगर किङ्सले धनगढी टिम चौराहालाई २३ रनले पराजित गरेको थियो । ब्याटिंगमा ४६ रन प्रहार गर्दै बलिंगतर्फ ३ विकेट लिएका बिराटनगरका कप्तान शरद खेलका ‘म्यान अफ द म्याच’ भएका थिए । त्यस्तै शरदका अनुसार पहिलो इनिंगमा १३४ रन बनाएको बिराटनगरको मुख्य लक्ष्य चौराहाको कप्तान पारसलाई रोक्ने थियो । ‘उनीहरुको मुख्य विकेट पारसको थियो । पारसलाई पहिले आउट गर्ने हाम्रो लक्ष्य सफल भएपछि उनीहरुमाथि दबाब बढेको थियो , ‘ शरदले थपे ।

‘ पारसको विकेट खेलको टर्निंग प्वाइन्ट रह्यो । धनगढी ११ को खेलमा राम्रो टचमा रहेका पारसलाइ आउट गर्नुनै हाम्रो लागि महत्वपूर्ण रह्यो , ‘ शरदले भने । आफ्नु टोलीमा युवा खेलाडी रहेकोले प्रतियोगिता अगाडी बढ्दै जादा खेलाडीहरुले अनुभव बोकेर अझ राम्रो खेल्ने कुरामा शरद बिश्वस्त रहेको बताए ।

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

Success

Thank you for your time.