default_image

9 years ago

April 11, 2017

काठमाडौँको पहिलो जित, कन्चनपुरको लगातार दोस्रो हार

218 views

0 Bookmark

दिपेन्द्र पोखरेल

धनगढी – धनगढी प्रिमियर लिगमा काठमाडौँ गोल्डेन्सले प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा कन्चनपुर आइकनिकलाई २४ रनले पराजित गरेको छ । प्रतियोगितामा दुवै टोलि आफ्नो पहिलो खेलमा पराजित भएका थिए। खेलको म्यान अफ द म्याच भुवन कार्की घोषित हुदै नगद १० हजार प्राप्त गरे। 

टस जितेर पहिलो ब्याटिंग रोजेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १४७ रन बनाएको थियो । खेलमा बिस्तारै रनगति बढाएको काठमाडौँका लागि आठौ नम्बरका ब्याट्सम्यान भुवन कार्कीले विस्फोटक ब्याटिंग गर्दै प्रतियोगितामा अहिलेसम्मकै ठुलो योगफल तयार गरेका थिए । १४ बलको सामना गरेका भुवन ३६ रन बनाउदै नटआउट रहे । उनले पांच चौका र दुइ छक्का प्रहार गरेका थिए । भुवनलाई सातौ विकेटमा साथ दिएका सन्दिप जोहोराले ५ बलमा १३ रन बनाएका थिए । कन्चनपुरका लागि अभिनाश कर्णले ३ विकेट लिए भने कमल सिंह ऐरी, कुशल भुर्तेल, सुनिल धमला र सोनु तामांगले समान १ विकेट लिए ।

प्रतियोगिताको अहिलेसम्मको सर्वाधिक लक्ष्य पछ्याएको कन्चनपुरले राम्रो सुरुवात गरेको थियो । सुनिल धमलालाई व्यक्तिगत १४ रनमा गुमाएको कन्चनपुरले सागर पुन र हासिम अन्सारी बीचको साझेदारीले १० ओभरको अन्त्यमा १ विकेट गुमाउदै ६९ रन बनाएको थियो ।

लंग अनमा हासिम अन्सारीको लामो प्रहारलाई बाउन्ड्रीमा भुवन कार्कीको उत्कृष्ट क्याचसंगै तोडिएको साझेदारीले काठमाडौँलाई खेलमा फर्काएको थियो । अन्सारीको प्रहारलाई पहिले उफ्रदै बाउन्ड्रीभित्र ढकेलेका भुवनले दोस्रो प्रयासमा क्याच लिएका थिए । ६ चौका प्रहार गर्दै ४० रन बनाएका सागर पुनलाई पनि सोहि स्थानमा क्याच गरेका भुवनले खेलमा अलराउण्ड प्रदर्शन गरे ।
Kathmandu Goldens

सागर पुन र हसिम अन्सारीको पतनसंगै रोकिएको कन्चनपुरले अर्को १३ रन बनाउदा ५ विकेट गुमाएपछि प्रतियोगितामा लगातार दोस्रो हारको सामना गरेको हो । काठमाडौँका लागि कप्तान वसन्तले ४ ओभरमा २ विकेट लिदै १२ रन मात्र खर्चिए भने सन्तोष भट्टले पनि २ विकेट लिए । काठमाडौँका मन्जित श्रेष्ठ , सोमपाल कामी र सन्दिप जोहराले १-१ विकेट लिए । इनिंगको अन्तिम बलमा मन्जित श्रेष्ठको बलमा ललित भण्डारीको क्याच ड्रप गर्दै कन्चनपुरलाई अलौआउट गर्ने मैका गुमाए । कन्चनपुरले पुरा २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको थियो।

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

Success

Thank you for your time.