default_image

9 years ago

April 11, 2017

कमर्श क्याम्पस स्पोन्सर युनिभर्सिटी क्रिकेट कपको च्याम्पियन

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल कमर्श क्याम्पस स्पोन्सर युनिर्सिटी टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा शंकरदेव क्याम्पसलाई ६ विकेटले पराजित गर्दै कमर्श क्याम्पसले पहिलो संस्करणको स्पोन्सर युनिभर्सिटी कपको उपाधि रक्षा गरेको हो ।

sponsor

शंकरदेवले दिएको १ सय ३१ रनको लक्ष्य कमर्शले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । कमर्शका ओपनरले पहिलो विकेटको लासग ७७ रनको साझेदारी गरे । कमर्शका लागि ओपनर धिरज अधिकारीले ३८ तथा अविनाश अधिकारीले ३५ रनको महत्वपूर्ण इनिङ्स खेले । यस्तै पवन श्रेष्ठ १८ रनमा अविजित रहँदा हिमांशु दत्त १८ रनमा पभेलियन फर्किए । बसन्त खत्री १५ रनमा आउट भए । शंकरदेवका लोकेन्द्र धामीले दुई तथा रविन चन्द र अरुण ऐरीले एक–एक विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको शंकरदेवले ९ विकेट गुमाएर १ सय ३० रनको मध्यम योगफल तयार पारेको थियो । शंकरदेवका लागि मध्यक्रमका सिद्धान्त कटवालले सर्वाधिक ३६ रन बनाएका थिए । आयुष्ममान बम र अरुण ऐरीले समान २४–२४ रन बनाए । रविन चन्द १४ रनमा आउट हुदा अन्य कमर्शको कसिलो बलिङसामु शंकरदेवको ब्याट्सम्यानको प्रदर्शन कमजोर देखियो । कमर्शका लोकेन्द्र चन्द, अविनाश अधिकारी, नवीन थापा र रोशन बुडालले समान दुई–दुई विकेट लिए ।

शंकरदेवका आशिष पोखरेल प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए । कमर्शका नवीन थापा उत्कृष्ट बलर तथा पवन श्रेष्ठ उत्कृष्ट फिल्डर घोषित भए । यस्तै शंकरदेवका आयुष्मान बम उत्कृष्ट ब्याट्सम्यान घोषित हुदा त्रिविका अफजल मन्सुरी इमर्जिङ प्लेयर घोषित भए । उत्कृष्ट बनेका खेलाडीहरुले खेल सामग्रीका साथै एकवर्षसम्मका लागि ग्रेट हिमालय क्रिकेट एकेडेमीमा निशुल्क प्रशिक्षण र प्रतियोगिता खेल्ने मौका पाए ।

च्याम्पियन बनेको कमर्शले नगद १ लाखसहित ट्रफी र मेडल प्राप्त ग¥यो । उपविजेता बनेको शंकरदेवले ५० हजारमा चित्त बुझायो । चैत २२ गतेबाट शुरु भएको प्रतियोगितामा १६ कलेजले प्रतिस्पर्धा गरेका थिए ।

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

Success

Thank you for your time.