default_image

9 years ago

April 12, 2017

लगातार दोस्रो जितसहित रुपन्देही पहिलो स्थानमा

115 views

0 Bookmark

दिपेन्द्र पोखरेल

धनगढी –  धनगढीमा जारी डीपिएल क्रिकेटको पाचौ खेलमा पनि टसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । टस जितेर पहिलो ब्याटिंग गरेको रुपन्देही च्यालेन्जर्सले सिवाईसी अत्तरियालाई ४२ रनले पराजित गरेको हो। डीपीएलमा पाँच खेल सम्पन्न हुदा अहिलेसम्म दोस्रो ब्याटिंग गर्ने टोलीले जित हासिल गर्न सकेको छैन । खेलमा चार विकेट लिएका सहाब आलम म्यान अफ द म्याच  घोषित हुदै नगद १० हजार प्राप्त गरे ।

Rupandehi

१३० रनको लक्ष्य पछ्याएको अत्तरियाले राम्रो सुरुवात गर्न सकेन । ३ ओभरको अन्त्यमा ४ रन बनाउदै २ विकेट गुमाएको अत्तरियाका लागि चौथो ओभरमा चार छक्का प्रहार गर्दै अत्तरियाको चेजमा गति समातेका थिए । तर मल्ललाई ननस्ट्राइकरमा अन्य ब्याट्सम्यानहरुले साथ दिन नसकेपछि दोस्रो ब्याटिंग गरेको टोली ८७ रनमा सिमित भयो ।

पहिलो खेलमा पनि उत्कृष्ट बलिंग गरेका शाहब आलमले आफ्नो पहिलो दुइ बलमा दुइ विकेट लिदै रुपन्देहीलाई बलियो स्तिथिमा पुर्याएका थिए । पहिलो बलमा योगेन्द्र सिंह कार्कीलाई कट एण्ड बोल्ड गरेका आलमले दोस्रो बलमा महबुब आलमलाई एलबिडब्लुको सिकार बनाएका थिए । आफ्नो तेसो ओभरमा मेडेन दिदै विकेट लिने क्रममा आलमले अत्तरियाका कप्तानलाई आउट गर्दै खेल पूर्ण रुपले रुपन्देहीको कब्जामा पुर्याएका थिए । ३० रन बनाएका मल्ल हरिशंखर शाहको हातमा क्याच भएका थिए ।

आलमले कुल ४ ओभर गर्दै ८ रन खर्चिएर ४ विकेट लिए । उनले पहिलो खेलमा पनि ४ ओभर गर्दै ८ रन मात्र खर्चिएर ३ विकेट लिएका थिए ।  त्यस्तै बिक्रम सोबले २ विकेट लिए भने कृष्ण कार्की , पुष्प थापा र कप्तान शक्ति गौचनले १-१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिंग रोजेको रुपन्देही च्यालेनजर्सले निर्धारित २० ओभरमा १२९ रन बनाएको थियो । रुपन्देहीको पहिलो खेलमा राम्रो ब्याटिंग गरेका ओपनर हरिशंखर शाहले कुनै रन नब्नाउदै पहिलो ओभरमा आउट भए । त्यस्तै पहिलो विकेटको पतन पछि आएका कप्तान शक्ति गौचनपनि ४ रन मात्र बनाउदै आउट भएपछि रुपन्देहीमा दबाब सिर्जना भएको थियो ।

११ ओभरमा अर्का ओपनर शंखर रानालाई गुमाउदा रुपन्देही ५ विकेटको क्षतिमा ४८ रनको अवस्थामा थियो । छैठौ ओभरमा रिटायर्ड हर्ट हुदै मैदान बाहिर निस्किएका राना पुष्प थापाको विकेटपछि पुनः मैदानमा फर्किएका थिए । मिडल अर्डरमा प्रकाश केसी र राजेश पुलामीको शानदार ब्याटिंगको मद्धतले रुपन्देहीले सिवाईसी अत्तरियासामु १३० रनको लक्ष्य प्रस्तुत गर्न सफल भयो । २९ रनमा अविजित रहेका प्रकाशले ३ चौका र १ छक्का प्रहार गरे भने राजेश पुलामीले ३ छक्का प्रहार गर्दै ३१ रन बनाए ।

अत्तरियाकालागि बिनोद लामा र प्रदिप ऐरीले २ विकेट लिए भने महबुब आलम र अभिनास बोहोराले १ विकेट लिए ।

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

Success

Thank you for your time.