default_image

9 years ago

April 12, 2017

उत्कृष्ट ब्याटिंग गरेको काठमाडौँको बिराटनगरबिरुद्ध सहज जित

152 views

0 Bookmark

दिपेन्द्र पोखरेल

धनगढ़ी- सुदूरपश्चिममा जारी धनगढी प्रिमियर लिग अन्तर्गतको आफ्नो तेस्रो खेलमा बिराटनगर किंग्सलाई ८६ रनले पराजित गर्दै काठमाडौँ गोल्डेन्सले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरको छ । खेलमा काठमाडौँ लायन्सका लागि ४४ रन प्रहार गरेका सुमित महर्जन म्यान अफ द म्याच घोषित भए ।

टस जितेर ब्याटिंग रोजेको काठमाडौँले निर्धारित २० ओभर खेल्दै ५ विकेट गुमाएर १७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सुरुवातबाटै राम्रो ब्याटिंग गरेको  काठमाडौँका लागि ओपनरद्वय सुबेन्दु पाण्डे र नरेश बुडाएरले क्रमसः २७ र १३ रन प्रहार गरेका थिए । काठमाडौँका लागि ब्याटिंग गरेका ५ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गरेपछि गोल्डेन्स प्रतियोगिताको अहिलेसम्मकै उच्च रन बनाउन सफल भएको थियो। काठमाडौँकालागि बसन्त रेग्मीले ३०, सुमित महर्जनले सर्वाधिक ४४, सोमपाल कामीले ३९ र अन्तिम बलमा १ रनलाई दुइमा परिणत गर्ने प्रयासमा रन आउट भएका भुवन कार्कीले ५ रन बनाएका थिए।

बिराटनगर किंग्सका लागि कप्तान शरद भेषवाकरले २ तथा सन्दिप लामिछाने र सन्दिप लामिछानेले १-१ विकेट लिन सफल भएका थिए।

१७३ रनको बिशाल लक्ष्य लिएर मैदानमा उत्रेको बिराटनगरले सुरुआतमै झड्का बेहोर्न पर्यो। ओपनरद्वय आशिफ सेख र अमित श्रेष्ठ सस्तैमा पेभोलियन फर्किएपछि बिराटनगरले ७ रनमै २ विकेट गुमाइसकेको थियो। बिराटनगरका ३ खेलाडीले मात्र दोहोरो अंक छुन सकेका थिए। दिपेन्द्र सिंह एरीले मद्धक्रममा ३१, शरद भेषवाकरले १३ तथा जितेन्द्र मुखियाले ११ रन बनाएका थिए। बिराटनगर किङ्गले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ८७ रन मात्र बनाउन सक्यो । आजै भएको पहिलो खेलमा सस्तैमा समेटिएको अत्तरिया र बिराटनगरले बनाएको यो ८७ रन हालसम्म प्रतियोगिताकै थोरै स्कोर हो ।

बिजयी टिमकालागि सन्तोष भट्टले ३, भुवन कार्की र बसन्त रेग्मीले २-२ तथा सोमपाल कामी र मन्जित श्रेष्ठले १-१ विकेट लिन सफल भए।

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

Success

Thank you for your time.