9 years ago
April 13, 2017
धनगढी – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को सातौं खेलमा कन्चनपुर आइकनिकले धनगढी टिम चौराहालाई स्तब्ध पार्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

१०६ रनको झिनो लक्ष्य पछ्याएको टिम चौराहाका चार ब्याट्सम्यानले रन बनाउन नसकेपछि आफ्नो हातबाट खेल गुमाएको हो । ४ रनको अन्तरमा अन्तिम ६ विकेट गुमाएपछि चौराहाले अविश्वासनीय पराजयको सामना गरेको थियो ।
राजु रिजाललाई शुन्यमा गुमाएको चौराहाको इनिङ्स अनिल मण्डल र आरिफ शेखले केहीबेर सम्हालेका थिए । अनिल १२ रन बनाउदै आउट भएपछि २२ रनमा आउट हुनु अघि आरिफले कप्तान पारससँग ३४ रनको साझेदारी जमाए । कप्तान खड्का २३ रन बनाउदै पेभोलियन फर्किएपछि राम्रो लयमा देखिएका पृथुको विकेट चौराहाको लागि घातक साबित भयो । १९ रन बनाएका पृथु चन्द्र सावदको बलमा ‘कट बिहाइन्ड’ भए । विकेट किपर हसिम अन्सारीको उत्कृष्ट क्याचको मद्दतले कन्चनपुरले चौराहाको पाचौं विकेट लिन सफल भएको थियो ।
१७ औं ओभरको पहिलो दुइ बलमा विकेट लिदै अभिनास कर्णले चौराहामाथि दबाब कायम गरे । पहिलो बलमा प्रेम तामाङलाई सहजै ‘कट एण्ड बोल्ड’ गरेका कर्णको दोस्रो बलमा सौरभ खनालको ब्याटको बाहिरि किनारामा लागेको बल हसिमले समात्दै कन्चनपुरलाई विकेट दिलाए । ओभरको अन्तिम बलमा कुशल भुर्तेलको ‘डारेक्ट हिटको ‘ मद्धतले सुसन भारी पनि रन आउट भए । चौराहाका रामनरेश गिरि र ललित राजबंशी शुन्यमा ललित भण्डारीको सिकार भएपछि चौराहाले ११ रनको पराजय भोगेको हो । अभिनास कर्ण खेलका म्यान अफ द म्याच भए । उनले ३ विकेट लिएका थिए । त्यस्तै ललित भण्डारीले दुइ विकेट लिए भने सुनिल धमला र सिद्धान्त लोहनीले १-१ विकेट लिए ।
त्यसअघि पहिलो इनिङ्समा टस जितेर पहिले ब्याटिंग गरेको कन्चनपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १०५ रन बनाएको थियो। कन्चनपुरले बनाएको लक्ष्य प्रतियोगिताको अहिलेसम्मको सबै भन्दा कम पहिलो इनिङ्स स्कोर हो । ओपनिंगमा सुनिल धमलाले ३९ रन र सागर पुनले २० रन बनाए भने छैठौं नम्बरमा आएका सिद्धान्त लोहनीले २० बलको सामना गर्दै २७ रन बनाए । सागर पुनले २० रन बनाउन ४३ बलको सामना गरेका थिए ।
बलिङ्तर्फ चौराहाका लागि रामनरेश गिरी र आरिफ शेखले २ विकेट लिए भने प्रेम तामाङ र सुसन भारीले समान १-१ विकेट लिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]