9 years ago
April 13, 2017
दिपेन्द्र पोखरेल
धनगढी – सगरमाथा सिमेन्ट धनगढी प्रिमिएर लिग अन्तर्गत बिहिबार भएको दोश्रो खेलमा बिराटनगर किङ्सले सीवाईसी अत्तरियालाई ८ विकेटले पराजित गरेको छ। बिराटनगरको सहज जितमा सन्दिप लामिछानेले बलीङ्तर्फ र आसिफ शेखले ब्याटिङ्तर्फ राम्रो प्रदर्शन गरेका थिए ।

प्रतियोगितामा तेस्रो खेल खेलेको विराटनगरले यसअघि पहिलो खेल जितेको थियो भने दोस्रो खेलमा काठमाडौँ गोल्डेन्ससँग पराजय भोगेको थियो । त्यस्तै गोल्डेन्सलाई हराउदै प्रतियोगितामा विजयी सुरुवात गरेको अत्तरियाले त्यसयता दुवै खेल गुमाएको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेको अत्तरियाले प्रतियोगिताकै सर्वाधिक कम लक्ष्य प्रस्तुत गरेको थियो। ओपनर सन्दिप सुनारलाई पहिलो ओभरमै शुन्यमा गुमाएको अत्तरियाले खेलमा लगातार विकेट गुमाएको थियो। अर्का ओपनर दिलिप नाथ तेश्रो ओभरमा ६ रन बनाउदै जितेन्द्र मुखियाको बलमा बोल्ड भए। कप्तान ज्ञानेन्द्र मल्लले सन्दिप लामिछानेको बलमा एलबिडब्लु हुनुअघि १२ बलमा १४ रन बनाए। ३४ बलमा २ चौका र २ छक्का प्रहर गर्दै अत्तरियाको पारीलाई उभों लगाएका महबुब आलम लामो सट प्रहर गर्ने धुनमा दिपेन्द्र सिंह ऐरीको बलमा बोल्ड भए।
मध्यक्रममा छैठौं र सातौं नम्बरमा ब्याटिङ गर्न आएका योगेन्द्र सिंह कार्की र प्रदिप ऐरी दुवै सन्दीपको बलमा क्याचआउट भए।
करण केसीले आठौं नम्बरमा ब्याटिङ गर्दै १४ बलमा १७ रन जोडेपछि अत्तरियाले निर्धारित २० ओभरमा ९२ रन जोडेको थियो। करण अन्तिम बलमा रनआउट भएका थिए।
अत्तरियाले आफ्नो ३ विकेट रनआउटमा गुमाएको थियो। बिराटनगरका सन्दिप लामीछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २ मेडन सहित ७ रन खर्चेर ३ विकेट लिए। जितेन्द्र मुखियाको नाममा २ विकेट रह्यो भने सुशील कंडेल र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको बिराटनगरले सुरुवातमै आफ्नो ओपनरलाई गुमाएपनि तेश्रो विकेटका लागि अविजित ६७ रनको साझेदारी भएपछि जित दर्ता गरेको थियो।दिपेन्द्र सिंह ऐरी र आसिफ शेखले टोलीलाई २६/२को स्थितिबाट उकासेका थिए।
अभिनस बोहोराको बलमा चौथौ ओभरमा आसिफलाई ८ रनमा सहजै क्याच गर्ने मौका प्रदित ऐरीले गुमाएका थिए । त्यस्तै ११ औ ओभरमा आसिफलाई फेरी दोस्रो पटक बाउनड्रीमा प्रदिपले क्याच छाडदै जीवनदान दिएका थिए । आसिफले व्यक्तिगत ४६ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २० रन बनाए ।
खेलका म्यान अफ द म्याच ३७ बलमा ५ चौका र २ छक्का सहित अविजित ४६ रन बनाएका आसिफ शेख भए।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]