default_image

9 years ago

April 15, 2017

आरिफको अर्धशतक

156 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)  – सगरमाथा सिमेन्ट धनगढी प्रिमिएर लिगमा आरिफ शेखको अर्धशतकको मद्दतले धनगढी टिम चौराहले काठमाडौँ गोल्डेन्स सामु १३७ रनको लक्ष्य तयार पारेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको चौराहले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३६ रन बनाएको थियो।

Aarif Sheikh

४५ बलको सामना गर्दै ५८ रन बनाएका आरिफ इनिङ्को अन्तिम ओभरमा सोमपाल कामीको बलमा बोल्ड भएका थिए। सोमपालको तेस्रो बलमा बोल्ड हुनुभन्दा १ बल अगाडीको ‘फुल टस’ बललाई आरिफले मिडविकेटको दिशा दिदैं प्रतियोगिताकै लामो छक्का प्रहार गरेका थिए। आरिफले ५ चौका र ३ छक्का प्रहार गरेका थिए। प्रतियोगितामा बलरलाई समर्थन गरेको यो पिचमा दोस्रो अर्धशतक हो भने प्रतियोगिताकै व्यक्तिगत राम्रो स्कोर पनि हो। यसअघि अत्तरियाकालागि योगेन्द्र सिंह कार्कीले गोल्डेन्सविरुद्ध ५७ रन बनाएका थिए ।

१८ औ ओभरमा सोमपल कामिको पहिलो बलमा १ रन लिदै आरिफले आफ्नो अर्धशतक पुरा गरेका थिए ।

टिम चौराहकालागि पारीको सुरु गरेका अनिल मण्डलले २९ बलमा २९ रन जोडे भने सौरभ खनालले ८ बल खेल्दै १६ रनको योगदान दिए । बलिङ्तर्फ गोल्डेन्सका लागि सोमपाल र मन्जितले ३ विकेट लिए भने वसन्त रेग्मी र सन्तोष भट्टले १ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.