default_image

10 years ago

October 10, 2015

सहिद शिव पौडेल स्मृती क्रीकेट मङ्सीरमा हुने

185 views

0 Bookmark

काठमाडौं, असोज २३ गते ।
सहिद शिव पौडेल स्मृती अन्तर कलेज क्रीकेट प्रतियोगिता यही आउदो मङ्सीर २ गते बाट हुने भएको छ । आयोजक नेपाल विद्यार्थी संघको अनुसार सबै खेलहरु भरतपुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा खेलिनेछ ।

Martyr's shiva paudel smriti cricket press meet

मोफसल क्रीकेटकै यस महत्वपूर्ण प्रतियोगिताको तेस्रो संस्कारण बिजेता पुरस्कार रशी रु १,६८,९०२ रहेको छ । दोस्रो हुने टोलिले रु १,३५,९०२ प्राप्त गर्ने छन । देश भरिबाट १८ वटा कलेज हरुले सहभागिता जनाउने आयोजकले जानकारी दिए । टिम दर्ता गर्न रु २५,००० लग्ने र सहभागी सबै टिमको खान र बस्नको बेवस्था पनि आयोजकलेनै गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडिले रु १५,९०२ र स्मार्ट फोन, बेस्ट बलर र ब्याट्स्म्यानले रु ५,००० र स्मार्ट फोन प्राप्त गर्नेछन ।

राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडिहरुले सहभागिता जनाउने यस प्रतियोगितका खेलहरु टि-२० फरम्याटमा खेलाईनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.