default_image

9 years ago

April 15, 2017

रोमाञ्चक खेलमा पारसको कप्तानीमा रहेको चौराहको जित

133 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – ‘गर या मर’ को स्थितिमा रहेको धनगढी टिम चौराहले काठमाडौँ गोल्डेन्सलाई ११ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। प्रतियोगिताको चौथो खेलमा पहिलो जितसंगै चौराहको ‘प्ले अफ’ मा पुग्ने सम्भावना जिवितै रहेको छ। काठमाडौँले भने आफ्नो पाँचौ खेल खेलिसक्दा दुइ जित र तिन हारको सामना गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको चौराहले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३६ रन बनाएको थियो। ४५ बलको सामना गर्दै ५८ रन बनाएका आरीफको उत्कृष्ट इनिङस मद्दतले चौरहको पारी सम्हालिएको थियो। जारी प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेका कप्तान पारस खड्का यस खेलमा पनि गोल्डेन डक आउट भए। आरिफले ५ चौका र ३ छक्का प्रहार गरेका थिए। प्रतियोगितामा बलरलाई समर्थन गरेको यो पिचमा दोस्रो अर्धशतक हो भने प्रतियोगिताकै व्यक्तिगत सर्वाधिक स्कोर पनि हो। यसअघि अत्तरियाकालागि योगेन्द्र सिंह कार्कीले गोल्डेन्सविरुद्धनै ५७ रन बनाएका थिए।

टिम चौराहकालागि पारीको सुरु गरेका अनिल मण्डलले २९ बलमा २९ रन जोडे भने सौरभ खनालले ८ बल खेल्दै १६ रनको योगदान दिए। बलिङतर्फ गोल्डेन्सका लागि सोमपाल र मन्जितले ३ विकेट लिए भने वसन्त रेग्मी र सन्तोष भट्टले १ विकेट लिए ।

१३७ रनको लक्ष्य पछ्याएको गोल्डेन्सका लागि पुन: ओपनरले निराश बनाए। नरेश बुढाएर र सुबेन्दु पाण्डे ओभरमै पेभेलियन फर्किसकेका थिए। सोमपाल कामी र कप्तान बसन्तले पारीलाई सम्हाल्ने कोसिस गरेपनि ११ रनमा बसन्त आउट भएपछि गोल्डेन्समाथि थप दबाब आएको थियो। रामनरेश गिरीको बलमा बोल्ड हुनु अघि सोमपालले १८ बलमा २४ रन जोडे।

सातौं विकेटका लागि सन्दिप जोरा र रोहित पौडेलले ६ ओभरमा ५२ रन जोडेपछि गोल्डेन्स खेलमा फर्कने आशा जागेको थियो। तर आरीफ शेखले दुवै ब्याट्सम्यानलाई आफ्नो चौथो ओभरमा आउट गर्दै चौराहको पकड बलियो बनाए। सन्दिपले २ छक्का र १ चौकको मद्दतले २८ रन बनाउदा रोहितले १२ रन जोडे।

बलिङतर्फ चौराहका आरीफ शेख र सौरभ खनालले ३/३ विकेट लिए भने रामनरेश गिरीको नाममा २ विकेट रह्यो। खेलमा अलराउण्ड प्रदर्शन गरेका चौराहका आरीफ शेख म्यान अफ द म्याच भए।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.