9 years ago
April 16, 2017
दिल्ली (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत शनिबार भएको दोश्रो खेलमा दिल्ली डेयरडेभील्सले किङस इलेभेन पन्जाबलाई ५१ रनको विशाल अन्तरले पराजित गरेको छ।

टस जितेर ब्याटिङ रोजेको दिल्लीको लागि ओपनर सन्जु स्याम्सन र स्याम बिलिङ्सले राम्रो सुरुवात दिलाएका थिए। पहिलो विकेटका लागि ७ ओभरमा ५३ रन जोड्दा मध्यक्रमका ब्याट्सम्यानले खुलेर खेल्ने मौका पाएका थिए। स्याम्सनले १८ बलमा १९ रन प्रहार गरे भने बिलिङ्सले ४० बलमा ५५ रन जोडे। दिल्लीलाई थप मजबुत बनाउदै ठुलो योगफलसम्म पुर्याउन कोरी एन्डरसनले २२ बलमा ३ चौका र ३ छक्काको मद्दतले अविजित ३९ रनको पारी खेलेका थिए। श्रेयस ऐर (२२), ऋसब पन्त (१५) र क्रिस मोरिस (१६)ले पनि द्रुत गतिमा रन बनाएका थिए।
प्याट्रिक कमिन्सले ६ बलमा १२ रन जोडेपछि दिल्लीले अन्तिम २ ओभरमा ३६ रन जोडेको थियो। पन्जाबका लागि वरुण आरोनले २ विकेट लिंदा सन्दिप शर्मा, मोहित शर्मा, अक्षर पटेल र केसी क्यारीअप्पाले १/१ विकेट बाँडे।
१८९ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले लगातार विकेट गुमाएपछि खेलमा कुनै समय जितको नजिक देखिएन। ओपनर वोहरा ३ र जोड्दै दोश्रो ओभरमा आउट भएपछि रिधिमान शाह र हसिम अमलापनि क्रमश: चौथो र पाँचौ ओभरमा पेभेलियन फर्केका थिए। ओइन मोर्गनले २२ रन जोडेर पारीलाई केहि सम्हाल्ने प्रयास गरेपनि उनि कमिन्सको बलमा आउट भएपछि पन्जाबको पतन सुरु भएको थियो। डेबिड मिल्लरले २४ रन जोड्दा कप्तान म्याक्सवेल खाता नखोली दोश्रो बलमै पेभेलियन फर्किए।
अक्षर पटेलले २९ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै केहि उकासेपनी खेलमा पन्जाब फर्किन सकेन। मोहित शर्माले पनि १३ रनको योगदान दिए। दिल्लीका लागि क्रिस मोरिसले ३ विकेट लिए भने सहबाज नदिम्म र प्याट कमिन्सले २/२ विकेट बाँडे। अमित मिश्रा र कोरी एन्डरसनको नाममा पनि १/१ विकेट रह्यो।
अलराउण्ड प्रदर्शन गरेका दिल्लीका कोरी एन्डरसन म्यान अफ द म्याच भए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]