default_image

9 years ago

April 16, 2017

च्याम्पियन बन्ने लक्षण देखिएको छ – शक्ति

191 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– रुपन्देही च्यालेन्जर्सका कप्तान शक्ति गौचनले आफ्नो टोलीले उपाधि जित्ने लक्षण देखाएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा लगातार चौथो खेल जित्ने क्रममा आज विराटनगर किङ्सलाई हराएपछि शक्तिले उपाधि जित्ने विश्वास व्यक्त गरे ।

Shakti

‘हामीले सोचे भन्दा निकै राम्रो प्रदर्शन गरिरहेका छौं र अहिले सम्म सबै खेल जितेका छौं । यसले हामीलाई उपाधि जित्ने लक्षण देखाएको छ ,’ उनले भने, ‘त्यसले विपक्षी टोलीलाई पनि अवश्य दबाब परेको छ । अरु टोलीलाई हामीसँग खेल्दा दबाब पक्कै हुनेछ ।’

टोलीका खेलाडीहरुले पाएको अवसरमा राम्रो उपयोग गरेको चर्चा गर्दै उनले थपे, ‘हाम्रो खेलाडीले अवसर पाउदा त्यसमा राम्रो गरेका छन् । त्यस कारणले हाम्रो बेन्चपनि मजबुत हुदै गएको छ । टोलीमा १५ जना खेलाडीमा जसले अवसर पायो उसले आफ्नो भूमिकामा न्याय गरेको छ । ’

शक्तिले दोस्रो पटक म्यान अफ दी म्याच बनेका टोलीका सदस्य शाहब आलमको खुलेर प्रसंशा गरे । विराटनगरविरुद्ध ४ विकेट लिएका शाहव म्यान अफ दी म्याच बनेका थिए ।

के भने शक्ति ले ?

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.