default_image

9 years ago

April 16, 2017

जितसंगै मुम्बई शीर्षस्थानमा

169 views

0 Bookmark

मुम्बई(एजेन्सी) – इन्डियन प्रिमिएर लिगमा आइतबारको खेलमा घरेलु टोली मुम्बईले गुजरातमाथि ६ विकेटको जित निकाल्दै अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । पाँच खेलमा ४ जित संगै मुम्बईको ८ अंक छ । १ सय ७७ रनको लक्ष्य पछ्याएको मुम्बईले २ बल बाँकी रहंदा जित हासिल गरेको थियो।

रोहित शर्मा

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षति १ सय ७६ रन बनाएको थियो । १ रनमा पहिलो विकेट गुमाएको गुजरातको लागि ब्रेन्डन म्याक्कलम र सुरेश रैनाको ८० रनको साझेदारीले इनिङ्स सम्हालेको थियो। रैना २८ रन बनाउदै आउट भए भने म्याक्कलमले ६४ रनको योगदान दिए । पाचौ विकेटमा आएका दिनेश कार्तिकले २६ बलमा ४८ रन बनाउदै गुजरातलाई प्रतिस्प्रधात्मक स्कोर तर्फ डोर्याए । मुम्बईका मिचेल म्याकक्लिनघनले २ विकेट लिए भने लासिथ मालिंगा र हरभजन सिंहले १ विकेट लिए।

१ सय ७७ रनको लक्ष्य पछ्याएको मुम्बईले शुन्यमै पहिलो विकेट गुमायो । इनिङ्सको दोस्रो बलमा पार्थिब पटेललाई गुमाएको मुम्बईका लागि दोश्रो विकेटका लागि नितिश राना र जोस बटलरबिचको ८२ रनको साझेदारीले खेलमा फर्किन मद्धत गर्यो । राना ९ रनमा छँदा जेसन रोयले क्याच छुटाएपछि उनले अर्धशतक प्रहार गरेका थिए । ५३ रन बनाउदै कट बिहाइन्ड भएका राना र २६ रन बनाएका बटलर आउट भएपछि कप्तान रोहित शर्मा र किरोन पोलार्डको योगदानले मुम्बईले जित हासिल गर्यो । रोहितले २९ बलमा ४० रन जोडे भने पोलार्डले २३ बलमा ३९ रनको योगदान दिएका थिए । गुजरातका लागि एन्ड्रयु टाईले २ विकेट लिए भने मुनाफ पटेल र प्रविन कुमारले १ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.