9 years ago
April 18, 2017
धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत प्लेअफ चरणको पहिलो क्वालिफायर खेलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्स र शरद भेषावकरको कप्तानीमा रहेको बिराटनगर किङस भिड्दैछन्।

लिग चरणमा शीर्षस्थानमा रही छनोट भएको रुपन्देहीले आफुले खेलेको पाँच खेलमध्य चार खेलमा जित दर्ता गरेको थियो। उता बिराटनगरले भने ३ जित र २ हारसंगै ६ अंकका साथ लिग तालिकाको दोश्रो स्थानमा रहेर छनोट भएको हो। यी दुइ टोलीबिचको लिग चरणको खेलमा रुपन्देही ६१ रनले विजयी भएको थियो। रुपन्देहीको सहज जितमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए। पहिलो ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन जोड्दा लक्ष्य पछ्याएको बिराटनगर ७१ रनको झिनो स्कोरमै अलआउट भएको थियो।
प्रतियोगिताको अन्तिम लिग खेलमा रुपन्देही टिम चौराह धनगढीसंग पराजित भएको थियो। रुपन्देहीले प्रतियोगितामा पहिलो ब्याटिङ गरेको खेलमा हार व्येहोरेको छैन। उता बिराटनगरले आफ्नो पछिल्लो खेल २ दिन अघि रुपन्देहीसंग खेलेको थियो। ब्याटिङमा कप्तान शरद भेषावकरबाहेक कसैले दोहोरो स्कोर छुन नसकेपछि बिराटनगर पराजित भएको थियो।
बिराटनगरले आफ्नो पछिल्लो खेलमा पेस बलर जितेन्द्र मुखियालाई चोटका कारण विश्राम दिएको थियो। यद्दपी उनि भोलि हुने खेलको लागि भने फिट हुने विश्वास छ। यस्तै, रुपन्देहीले आफ्ना २ पेस बलर बिक्रम सोब र दिपेश श्रेष्ठलाई अन्तिम लिग खेलमा विश्राम दिएको थियो।
पहिलो क्वालिफायर्स जित्ने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरको विजेतासंग पुन: फाइनल प्रवेशका निम्ति दोश्रो क्वालिफायर्स खेल्नेछ। खेल बुधबार बिहान ९ बजे धनगढी स्थित अंचल प्रहरी कार्यालयको मैदानमा हुनेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]