9 years ago
April 19, 2017
धनगढी (हाम्रो खेलकुद)– धनगढी टिम चौरहा सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटको दोस्रो क्लालिफायरमा पुगेको छ। वसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई आज ६ विकेटले हराउँदै पारस खड्काको कप्तानीमा चौराहाले फाइनल प्रवेशको सम्भावनालाई जीवित राखेको छ।

पारस खड्काको नेतृत्वमा फाइनल प्रवेशका लागि चौराहाले बिहीबार रुपन्देही च्यालेन्जर्सको सामना गर्नेछ। रुपन्देहीलाई बुधबार बिहानको खेलमा विराटनगर किङ्सले २९ रनले हराउँदै फाइनलको यात्रा तय गरेको थियो। सेती अन्चल प्रहरी कार्यालयको मैदानमा १ सय २४ रनको लक्ष्य पछ्याएको चौराहाले १८.२ ओभरमा ४ विकेट गुमाएर १ सय २७ रन बनाउँदै जित हासिल गरेको थियो।
एकदमै प्रतिस्पर्धात्मक खेलमा दोश्रो इनिङ्सको १८औं ओभरमा सोमपाल कामीको बलमा आरीफ शेखले १७ रन जोडेपछि टोलीको जित निश्चित भएको थियो। सोमपालको बलमा आरिफ शेखले २ छक्का र १ चौका प्रहार गरेका थिए। दोस्रो विकेटका लागि ओपनर अनिल मण्डल र पृथु बास्कोटाले ६४ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए। यसअघिको खेलमा उत्कृष्ट ब्याटिङ गरेका कप्तान पारसले आज भने खुलेर खेल्न सकेनन्। उनी आउट भएपछि आरिफले टोलीको जित सुनिश्चित गरेका थिए।
म्यान अफ दी म्याच अनिल कुमार मण्डलले ४४ रन बनाए भने पृथुले २२ रन जोडेका थिए। आरीफ अविजित २२ र उनलाई २ रनमा अविजित रहँदै अमरसिंह राउटेलाले साथ दिए। अर्का ओपनर राजु रिजाल ५ रनमा रनआउट भएका थिए। काठमाडौंका सन्तोष भट्टले २ र मञ्जित श्रेष्ठले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले ६ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो। प्रतियोगिताभर चल्न नसकेका ओपनर नरेश बुढाएरले राम्रो सुरुवात दिलाएपनि त्यसलाई निरन्तरता दिन नसक्दा काठमाडौँले राम्रो सुरुवात पाएन। २९ रन जोडेका उनले सुरुवाती ओभरमा लगातार चौका प्रहार गर्दै चौराहालाई दबाबमा राखेका थिए। अर्का ओपनर सुबेन्दु पाण्डेले ११ रन जोड्दा कप्तान बसन्त रेग्मीले खाता खोल्न सकेनन्। टोलीका मन्जित श्रेष्ठ पनि शुन्यमै पेभेलियन फर्केका थिए। मध्येक्रममा युवा खेलाडीद्वय रोहित कुमार पौडेल र सुमित महर्जनले ५१ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफल तर्फा डोर्याएका थिए। सुमित महर्जनले ३१ रन बनाएर पेभेलियन फर्किएका थिए भने रोहितकुमार पौडेलले ३१ रनमा विजित रहे।
चौरहाका लागि फर्ममा रहेका ललितनारायण राजवंशी र अमर सिंह राउटेलाले समान २ तथा सौरभ खनाल र रामनरेश गिरीले समान १ विकेट लिए । उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो टोलीलाई जित दिलाएका अनिल मण्डल खेलको म्यान अफ द म्याच भए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]