default_image

9 years ago

April 21, 2017

‘चौराहाको पुनरागमनलाई सुखद अन्त्य गर्न तत्पर छौँ’ – कप्तान पारस

122 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत शनिबार हुने फाइनल खेलअघि आयोजित पत्रकार सम्मेलनमा टिम चौराहा धनगढीका कप्तान पारस खड्काले चौराहाको लक्ष्य घरेलु समर्थकमाझ उपाधि जित्ने रहेको बताएका छन्।

उनले डीपीएल जस्तो ठुलो प्रतियोगिता आयोजना हुनुमा आफु एकदम खुसी रहेको अभिव्यक्ति दिए। ‘ नेपालका विभिन्न ६ ठाउँको नाममा प्रतियोगिता गर्दा क्रिकेटको प्रवर्द्धन त हुन्छ नै, साथसाथै यसले खेलाडीहरुलाई अवसर पनि दिएको छ। आशा छ यस्तो प्रतियोगिताले आगामी वर्षमा पनि निरन्तरता पाउनेछ। यो प्रतियोगितालाई सफल बनाउन सहयोग गर्नुभएकोमा आयोजक टोली, प्रायोजकहरु र सहभागी टोलीलाई धन्यवाद दिन चाहन्छु’, पारसले भने।

उनले फाइनल खेल रोमान्चक हुनेमा आफु विश्वस्त रहेको अभिव्यक्ति दिए। ‘प्रतियोगिताको सुरुवात नराम्रो भएपनि हामी राम्रो प्रदर्शन गरेर यहाँसम्म आयौं, अब एक कदम टाढा रहेको अवस्थामा हाम्रो पुनरागमनलाई सुखद अन्त्य दिन चाहन्छौँ। फाइनालिस्ट टोली बिराटनगर र चौराहा दुवै टोलीले पहिलो र दोश्रो ब्याटिङ गरेर जितेको छ, यसले पनि बताउँछ कि फाइनल सजिलो हुने छैन’, उनले भने।

पारसले युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेकाले यसले नेपाली क्रिकेटलाई फाइदा पुग्ने पनि बताए। घरेलु समर्थकमाझ फाइनल खेल्न पाउँदा टोलीलाई प्रेरणा थपिने भएपनि मैदानमा छिरेपछि खेलाडी र खेलमा प्रदर्शनले खेलको नतिजा फरक पर्ने पारसले बताए।

उनले एक खेल बढी खेलेको कारण टोलीलाई केहि फाइदा नहुने पनि बताए। ‘प्रतियोगितामा सबै टोलीले हारेको छ र  पछिल्लो खेलको प्रदर्शनले फाइनलमा केहि फरक नपर्ला। हामीले १ खेल बढी खेलेर केहि फाइदा पुग्ने म देख्दिन, भोली मैदानभित्र गर्ने प्रदर्शन नै सबैभन्दा महत्वपूर्ण हुनेछ’, उनले अन्त्य गरे।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.