9 years ago
April 21, 2017
धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत शनिबार हुने फाइनल खेलमा घरेलु समर्थकसामु उपाधि जित्नेमा ढुक्क रहेको बिराटनगर किङसका कप्तान शरद भेषावकरले बताएका छन।

प्रतियोगिताको फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शरदले आफ्नो टोलीले राम्रो प्रदर्शन गरिरहेकोले उपाधि जित्न कुनै कसर नछाड्ने बताए। “प्रतियोगिताको सबै खेल महत्वपूर्ण हुन्छ, र यो फाइनल खेल भएकोले अझ बढी रोमान्चक हुने पक्का छ।
पारस एक कुशल कप्तान हुन र उनको टोलीले मैदानमा राम्रो प्रदर्शन गरेर नै फाइनल आइपुगेको हो। हाम्रो टोली पनि राम्रो छ र यहि टिमवर्कलाई निरन्तरता दिदैं उपाधि जित्नेमा विश्वास गर्छौं,” शरदले भने।
उनले दुवै टोली राम्रो रहेको र फाइनल खेल निकै रोमान्चक हुने बताए। “हामी राम्रो क्रिकेट खेलेर फाइनल आएका छौं, चौराहाले पनि पछिल्लो खेलहरुमा राम्रो प्रदर्शन गर्दै आएको छ। चौराहालाई घरेलु समर्थकको साथ रहनेछ र हामी बिराटनगरको भएकाले दर्शक दिर्घामा हाम्रो समर्थक नहोला। तर त्यसले खासै फरक पर्ने छैन।”, उनले थपे।
“प्रशिक्षक विशेष कारणले बाहिर जानुभएकोले हामी अहिले उहाँको उपस्थिति बिना आफैं खेल्दैछौं। तर फाइनलसम्म आएकोले हामीलाई आ-आफ्नो रोल थाहा छ; प्रशिक्षकको कामी महसुस नहोला।”
“कुनैपनि प्रतियोगिताको फाइनलको अघि दबाब त हुन्छ नै। दबाबमा छैन भन्ने खेलाडी सायदै भेट्न सकिन्न होला, तर दबाबबाट उठेर प्रदर्शन गर्न सक्ने खेलाडी नै च्याम्पियन हो”, उनले टुंग्याए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]