default_image

9 years ago

April 21, 2017

क्रिकेटका सरोकारवालासँग सल्लाकार समितको छलफल

129 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको विवाद समाधानको सुझाव दिन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बनाएको सल्लाहकार समितिले सोमबार सुदूरपश्चिम क्षेत्रका क्रिकेटका सरोकारवालाससँग छलफल गरेको छ । आईसीसीले गत बर्ष नेपाल क्रिकेट संघ(क्यान) लाई निलम्बन गरेपछि त्यसको निकासका लागि सल्लाहकार समिति गठन गरेको थियो ।

cricket

नयाँ विधान बनाएर क्यानको निर्वाचन गराउन आईसीसीले सल्लाहकार समितिलाई म्यानडेट दिएको छ । सोही क्रममा सल्लाहकार समितिका संयोजक मध्येका एक विनयराज पाण्डे र सचिव पवन अग्रवाल सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को संयोग पारेर शुक्रबार धनगढी आएका छन् । डिपिएलको फाइनल हुने शनिबारमा पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराहा र शरद भेषावकरको नेतृत्वमा रहेको विराटनगर किङसबीच प्रतिस्पर्धा हुँदैछ ।

छलफलमा क्रिकेटका स्थानिय सरोकारवालाहरुले जिल्लाको प्रतिनिधि चयनका लागि साधारण सभामा हुनु पर्ने, साधरण सभाका प्रतिनिधि संख्या बढाउनुपर्ने माग उठेको सल्लाहकार समितिका सचिव अग्रवालले जानकारी दिए ।

छलफलमा बैतडीका तेजप्रकाश भट्ट र रमेशबहादुर बोहरा, दार्चुलाबाट जयन्ती भट्ट, डडेलधुराको बासुदेव जोशी तथा डोटिबाट दिनेश सिंह कञ्चनपुरका विरेन्द्रबहादुर चन्द र आशिष खत्री, कैलालीबाट विक्रम विष्ट, रतन कठायत र हरि रेग्मीको सहभागिता रहेको बताइएको छ । सल्लाहकार समितिले यसअघि वीरगन्जमा पनि सरोकारवालासँग छलफल गरेको थियो । अर्का संयोजक वसन्त चौधरी रहेको सल्लाकार समिति ८ सदस्यीय छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.