default_image

9 years ago

April 22, 2017

बिराटनगरलाई जितका लागि १ सय ६० रनको लक्ष्य

147 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत एस.एस.पी मैदानमा जारी फाइनल टस जितेर खेलमा पहिलो ब्याटिङ गरेको टिम चौराहा धनगढीले बिराटनगर किङ्सलाई १ सय ६० रनको लक्ष्य दिएको छ।

४ रनको स्थितिमा दुवै ओपनरलाई गुमाएको चौराहाले मध्यक्रमको ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियो। ओपनर राजु रिजाल शुन्यमा आउट भए भने अनिल कुमार मण्डलले २ रन मात्र जोडेका थिए। दुवै ओपनरलाई सुशील कँडेलली पेभेलियन फर्काएका थिए।

कप्तान पारस खड्का र पृथु बास्कोटाले तेश्रो विकेटका लागि ३३ रन जोड्दै पारीलाई सम्हालेका थिए। पृथु १४ रन जोड्दै आउट भएपछि आरिफले रनको गति बढाएका थिए। उनले कप्तान पारस खड्कासंग ५.३ ओभरमा ४४ रनको साझेदारी गरे भने पाँचौ विकेटका लागि अमर सिंह राउटेला संग मिलेर ४ ओभरमा ६३ रन जोडे। कप्तान पारस ३४ बलमा २९ रन जोड्दै प्रकाश बिष्टको बलमा क्याचआउट भएका थिए।

आरीफले प्रतियोगिताकै सबैभन्दा तेज अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन जोडे। २८ बलमा अर्धशतक बनाएका आरीफले ४ चौका र ४ छक्का प्रहार गरेका थिए। पारीको अन्त्यतिर आएका अमर सिंह राउटेलाले आक्रामक ब्याटिङ गर्दै १५ बलमा अविजित ३१ रन बनाए भने सौरभ खनालले पनि अविजित रहँदै ५ बलमा १४ रन जोडे।

बिराटनगरका लागि सुशील कँडेलले २ विकेट लिए भने जितेन्द्र मुखिया, सन्दिप लामिछाने र प्रकाश बिष्टको नाममा १/१ विकेट रह्यो। सुरुको २ ओभर मेडन फालेका जितेन्द्रले अन्तिम २ ओभरमा ३१ रन खर्चेका थिए।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.