9 years ago
April 22, 2017
धनगढी (हाम्रो खेलकूद) – टिम चौराहा धनगढीले धनगढी प्रिमिएर लिगको उपाधि जितेको छ। आज भएको फाइनलमा बिराटनगर किङसलाई ६२ रनको विशाल अन्तरले पराजित गर्दै स्थानीय टोली चौराहाले उपाधि जितेको हो। आरीफ शेखको उत्कृष्ट प्रदर्शनको मद्दतले १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको चौराहाले बिराटनगरलाई ९७ रनमा रोकेको थियो।

ठुलो लक्ष्य पछ्याएको बिराटनगरले चौथो ओभरमा आफ्नो ओपनर आसिफ शेखलाई गुमाएको थियो। आसिफ ३ रनमा सुशन भारीको बलमा आउट भएका थिए। अमित श्रेष्ठले २७ बलमा २६ रन बनाएका थिए भने अनिल साहले १३ रन जोडे। दिपेन्द्र सिंह ऐरीले पनि १३ रन जोड्दै मध्यक्रम सम्हाल्ने कोसीस गरेका थिए। तर लगातार विकेट खसेपछि बिराटनगरको जित्ने आशा पातलिंदै गएको थियो। कप्तान शरद २ रन जोड्दै आउट भएका थिए भने पवन शर्राफले पनि २ रन मात्र बनाए।
प्रनित थापा मगरले २२ बलमा २७ रन बनाएर केहि आशा जगाएपनि अर्को तर्फबाट साथ नपाऊँदा बिराटनगर हारतर्फ उन्मुख भएको थियो। बिराटनगरका जितेन्द्र मुखिया र सुशील कँडेलले खाता खोल्न सकेनन्। चौराहाका लागि सुशन भारीले ३ विकेट लिएका थिए भने सौरभ खनाल र आसिफ शेखले २/२ विकेट लिए। ललित राजवंशी र रामनरेश गिरीको नाममा १/१ विकेट रह्यो।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको चौराहाले पनि राम्रो सुरुवात गर्न सकेको थिएन। ४ रनको स्थितिमा दुवै ओपनरलाई गुमाएको चौराहाले मध्यक्रमको ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियो। ओपनर राजु रिजाल शुन्यमा आउट भए भने अनिल कुमार मण्डलले २ रन मात्र जोडेका थिए। दुवै ओपनरलाई सुशील कँडेलली पेभेलियन फर्काएका थिए।
कप्तान पारस खड्का र पृथु बास्कोटाले तेश्रो विकेटका लागि ३३ रन जोड्दै पारीलाई सम्हालेका थिए। पृथु १४ रन जोड्दै आउट भएपछि आरिफले रनको गति बढाएका थिए। उनले कप्तान पारस खड्कासंग ५.३ ओभरमा ४४ रनको साझेदारी गरे भने पाँचौ विकेटका लागि अमर सिंह राउटेला संग मिलेर ४ ओभरमा ६३ रन जोडे। कप्तान पारस ३४ बलमा २९ रन जोड्दै प्रकाश बिष्टको बलमा क्याचआउट भएका थिए।
आरीफले प्रतियोगिताकै सबैभन्दा तेज अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन जोडे। २८ बलमा अर्धशतक बनाएका आरीफले ४ चौका र ४ छक्का प्रहार गरेका थिए। पारीको अन्त्यतिर आएका अमर सिंह राउटेलाले आक्रामक ब्याटिङ गर्दै १५ बलमा अविजित ३१ रन बनाए भने सौरभ खनालले पनि अविजित रहँदै ५ बलमा १४ रन जोडे।
बिराटनगरका लागि सुशील कँडेलले २ विकेट लिए भने जितेन्द्र मुखिया, सन्दिप लामिछाने र प्रकाश बिष्टको नाममा १/१ विकेट रह्यो। सुरुको २ ओभर मेडन फालेका जितेन्द्रले अन्तिम २ ओभरमा ३१ रन खर्चेका थिए।
उत्कृष्ट प्रदर्शन गरेका आरीफ शेख म्यान अफ द म्याच भए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]