9 years ago
April 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) । श्रीलंकाका पूर्व स्टार खेलाडी सम्मिलित लंकन लायन्स र नेपाली राष्ट्रिय टिमका खेलाडी सम्मिलित गोर्खा राइनोजबीच हुने भनिएको टि–२० सिररिज स्थगित भएको छ ।

आयोजक पेरिविंकल सर्भिसले शनिबार एक विज्ञप्ति जारी गर्दै वर्तमान राजनैतिक अवस्थाका कारण खेल अनिश्चित कालसम्म स्थगित गर्नुपरेको उल्लेख गरेको छ । सिरिज वैशाख १४ गतेबाट १८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको थियो ।
‘वैशाख ३१ मा हुने तय भएको स्थानीय निकायको निर्वाचनका कारण हामी तत्कालका लागि शृंखला स्थगित गर्न बाध्य भएका हौं । स्थानीय निकायको निर्वाचन हुनुभन्दा दुई हप्तामात्र अघि श्रृंखलाको मिति रहेको यहाँहरुलाई जानकारी छ ।’ पेरिविंकलका कार्यकारी प्रमुख दिपेश घलेले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ । ‘तीन खेलको शृंखलाअन्तर्गत हुने दोस्रो खेलको मिति वैशाख १६ कै दिन स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ताको दिन परेको यहाँहरुमा विधितै छ ।
निर्वाचनका लागि सम्पूर्ण सुरक्षा निकाय व्यस्त रहने तथा अन्य प्राविधिक कारणले शृंखला सार्नुपरेको हाम्रो बाध्यता हो ।’ यस्तै विज्ञप्तिमा उपयुक्त समयमा फेरी पनि शृंखला नेपालमा गर्ने बताएक छन् । शृंखलाका लागि टिकट खरिद गरिसक्नुभएका क्रिकेटप्रेमी दर्शकहरुलाई हामी उहाँहरुले खरिद गर्नुभएकै काउन्टर वा कम्पनीबाट रकम फिर्ता गराउने जानकारी गराउन चाहन्छौं ।
नेपाल र श्रीलंकाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सवको अवसर पारेर हुन लागेको सिरिजमा श्रीलंकाका पूर्व स्टार सनथ जयासूर्या, वर्तमान टेष्ट टिमका खेलाडीहरु रंगना हेराथ उपूल थंरगा, सचित्रा सेनानायके लागयतका खेलाडीहरु नेपालमा क्रिकेट खेल्न आउने बताइएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]