9 years ago
April 22, 2017
पुने (एजेन्सी) – भारतीय राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान एवं राइजिङ पुने सुपरजाएन्टसका विकेटकिपर महेन्द्र सिंह धोनीेले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु मेैदानमा पुनेले सनराईजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ।

पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७६ रन जोडेको थियो। ओपनर शिखर धवनले २९ बलमा ३० रन तथा कप्तान डेविड वार्नरले ४० बलमा ४३ रन जोड्पछि हैदराबादले सुदृढ सुरुवात पाएको थियो। केन विलियमसनले १४ बलमा २१ रन बनाउँदै रनको गति बढाउने प्रयास गरेका थिए।
तर, चौथो विकेटका लागि मोजेस हेनरिकेस र दिपक हुडाले अन्तिम २१ बलमा अविजित ४७ रनको साझेदारी गरेपछि हैदराबादले बलियो योगफल खडा गरेको थियो। हेनरिकेसले२८ बलमा ६ चौका र २ छक्काको मद्दतले अविजित ५५ रन बनाउँदा १० बलको सामना गरेका दिपक हुडा १९ रनमा अविजित रहे। दिल्लीका लागी जयदेव उनद्कट, इमरान ताहीर र ड्यान क्रिस्टियनले समान १/१ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रेको पुनेले १५ रनको स्थितिमै ओपनर अजिङ्क्या रहानेलाई गुमाएपनि अर्का ओपनर राहुल त्रिपाठीको ५९ रनको मद्दतले पारी सम्हालेको थियो। रन आउट हुनुअघि उनले ४१ बलको सामना गर्दै ६ चौका र ३ छक्का प्रहार गरे। कप्तान स्टिभ स्मिथ २१ बलमा २७ रन जोड्दै रसिद खानको शिकार भए।
३० बलमा ६२ रन चाहिएको स्थितिमा धोनीले आफुले खेलेको अन्तिम १३ बलमा ३६ रन बनाएपछि पुनेले खेल जितेको थियो। पारीमा ३४ बलको सामना गरेका धोनीले ५ चौका र ३ छक्काको मद्दतले अविजित ६४ रन बनाएका थिए। उनले १९औं ओभरमा १९ रन र अन्तिम बलमा चौका प्रहार गरेपछि पुनेको जित सम्भव भएको थियो। उनलाई साथ दिने क्रममा मनोज तिवारीले ३ चौकाको सहायताले ८ बलमा अविजित १७ रन जोेडे।
धोनी खेलको म्यान अफ द म्याच भए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]