default_image

9 years ago

April 23, 2017

आइपिएलमा पन्जाबको तेस्रो जित

196 views

0 Bookmark

राजकोट (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गतको खेलमा किङ्ग ११ पन्जाबले गुजरात लायन्सलाई २६ रनले पराजित गरेको छ  । हासिल आम्लाको उच्च प्रदर्शन जारि रहदा पन्जाबले प्रतियोगितामा तेस्रो जित निकाल्दै अंक तालिकाको चौथो स्थानमा पुगेको हो ।

Axar Patel

टस हारेर पहिले ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १८८ रन बनाएको थियो । अघिल्लो खेलमा शतक बनाएका हासिम आमलाले ४० बलको सामना गर्दै ६५ रन बनाएका थिए । त्यस्तै सन मार्सले ३० तथा ग्लेन म्याक्सवेलले ३१ रनको योगदान दिए ।

गुजरातकालागि एन्ड्रेउ टाईले २ विकेट लिए भने सुभम अग्रवाल, नाथु सिंह, रबिन्द्र जडेजा र ड्वैन स्मिथले समान १-१ विकेट लिए ।

दोस्रो ईनिंगमा १८९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरमा ७ विकेट गुमाउदै १६२ रन मात्र बनाउन सफल भयो । पहिलो ओभरको अन्तिम बलमा आफ्नो महत्वपूर्ण ब्याट्सम्यान ब्रेन्डेन म्याकलमलाई गुमाएपछि दबाबमा आएको गुजरातकालागि दिनेश कार्तिकको ४४ बलमा ५५ रन बनाएपनि उनलाई सुरेश रैना ३२ र एन्ड्रेउ टाई(२२) बाहेक कसैले साथ् दिएन ।

पन्जाबका अक्सर पटेल , कसी करिप्पा र सन्दिप शर्माले २ विकेट लिए भने मोहित शर्माले १ विकेट लिए । हासिम आमला खेलको म्यान अफ द म्याच भए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.