default_image

9 years ago

April 28, 2017

खेलाडीले पारिश्रमिक पाउने आइसिसीको निर्णयको राखेपद्वारा स्वागत

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका सदस्यको १५ महिनादेखि रोकिएको पारिश्रमिक दिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को कदमको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वागत गरेको छ । गत बर्ष वैशाखमा आन्तरिक विवादमा परेको नेपाल क्रिकेट संघ (क्यान) माथि निलम्बन गरेको आइसिसीको बिहीबार बसकेको बैठकले खेलाडीको पारश्रमिक दिने निर्णयक गरेको थियो

Nepal Cricket Team vs Oman (5)

राखेपका प्रेस सल्लाह रोहित दाहालले शुक्रबार विज्ञप्ती जारी गर्दै आइसिसीको पछिल्लो निर्णयक गर्नुका साथै अन्योलमा रहेको नेपाली क्रिकेटको विवाद समाधान उन्मूख रहेको सन्देश दिएको उल्लेख गरेका छन् ।

उनले विज्ञप्तीमा खेलाडीको पारिश्रमिक दिन राखेपले दुई पटक सम्म पत्रचार गरेको स्मरण गर्दै भनेका छन्, ‘हामीले बाराम्बर सार्वजनिक कार्यक्रममा क्रिकेटको निलम्बन फुकुवा गर्नेमा आईसीसी सकारात्मक छ भन्दै आएका थियौं । हामीले उक्त कुरा प्रचारवाजीका लागि मात्र भनेका थिएनौं ।’

विज्ञप्तीमा अगाडि भनिएको छ, ‘हामीले आईसीसीलाई क्यानको निलम्बन फुकुवा र खेलाडीको पारिश्रमिकउपलब्ध गराउने सम्बन्धमा आईसीसीलाई दुई पटकपत्राचार समेत गरेका थियौं । खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय आईसीसीले गर्नुमा राखेपको मुख्य भूमिका त छँदैछ सरोकारवाला सबै पक्षको प्रयास पनि उत्तिकै महत्वपूर्ण छ । ’

आइसिसीको पछिल्लो निर्णयले राखेपसहित खेलाडी तथा आम क्रिकेटप्रेमीले राहत महसुस गरेको राखेपको बुझाई रहेको बताइएको छ । ‘आइसीसीको निर्णयले नेपाली खेलाडीमा उत्साह थप्ने छ भने नेपाली क्रिकेटको विकासमाथप मद्दत पुग्नेछ । आइसीसीको पछिल्लो निर्णयले क्यानको निलम्बन चाँडै नै फुकुवा हुनेमा विश्वस्त हुने वातावरण सिर्जना गरेको छ,’ क्रिकेट विवाद समाधान सल्लाकार समितिका सदस्य समेत रहेको दाहालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

क्यान निलम्बन भएको अवस्थामा पनि राखेपले क्रिकेटको गतिविधिलाई सुस्ताउन नदिने उल्लेख गर्दै जस लिने क्रममा राखेपले विज्ञप्तीमा भनेको छ, ‘राखेप प्रत्यक्ष/अप्रत्यक्ष संलग्नतामानिरन्तर घरेलुका साथै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय पुरुष/महिला टोली सहभागी हुँदै आएका छन् ।’

राखेपले चाँडै नै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको पनि सोही विज्ञप्तीमा जनाइएको छ । साथै यसै आर्थिक वर्षमा क्रिकेटको पूर्वाधार निर्माण गर्ने तर्फ राखेप अग्रसर हुने जनाइएको छ ।

आन्तरिक विवादका कारण निलम्बनमा परेको आइसिसीले विवाद समाधानका लागि सल्लाहकार समिति गठन गरेको छ । क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे र उद्योगपति बसन्त चौधरी संयोजक रहेको सल्लाकार समितिमा दाहाल पनि सदस्य छन् ।

समितिको बैठक पटक पटक बसेपछि नेपालको क्रिकेट विवाद समाधानको खाका भने सार्वजनिक भएको छैन । समितिले वीरगन्ज र केही दिनअघि धनगढी प्रिमियर लिगका दौरान स्थानिय सरोकारवालासँग छलफल गरेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.