9 years ago
April 28, 2017
कोलकाता (एजेन्सी) – कप्तान गौतम गम्भीर र रोबिन उथाप्पाले लगातार दोश्रो शतकीय साझेदारी गरेपछि कोलकाता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले पराजित गरेको छ।

खेलमा पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन जोडेको थियो। ओपनर सन्जु स्याम्सनले ३८ बलमा ६० रन जोडे भने श्रेयस ऐरले ३४ बलमा ४७ रन बनाएका थिए। अन्य ब्याट्सम्यानले ठुलो स्कोर बनाउन नसक्दा दिल्लीको अन्त्य खराब भएको थियो। कोलकाताका लागि नाथन कोल्टरनाइलले ३ विकेट लिए भने उमेश यादव र सुनिल नारायणले १/१ विकेट बाँडे।
जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले फर्ममा रहेका ओपनर नारायणलाई दोश्रो ओभरमै गुमायो। तर कप्तान गम्भीर र उथाप्पाले फेरी एकपटक शतकीय साझेदारी गरेपछि कोलकाताले सहज जित दर्ता गर्यो। १ सय ८ रनको साझेदारीमा उथाप्पाले आउट हुनुअघि ३३ बलमा ५९ रन जोडे। म्यान अफ द म्याच समेत रहेका गौतम गम्भीरले ५२ बलमा अविजित ७१ रनको उत्कृष्ट पारी खेले। दिल्लीका लागि कागीसो रबाडाले २ विकेट लिएका थिए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]