9 years ago
April 29, 2017
पुने (एजेन्सी) – रोयल च्यालेन्जर्स बेंगलोरले लगातार खेलमा खराब ब्याटिङ प्रदर्शन गरेपछि इन्डियन प्रिमिएर लिग अन्तर्गत यस सिजनको प्लेअफमा नपुग्ने पक्का भएको छ। शनिबार राइजिङ पुने सुपरजाएन्ट्स विरुद्धको खेलमा १ सय ५८ रनको लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९६ रनमात्र जोड्न सफल रह्यो।

बेंगलोरका लागि ओपनारका रुपमा ब्याटिङ गरेका कप्तान विराट कोहलीले ५५ रन बनाएका थिए। उनले ४८ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेका थिए। कोहली बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। एबी डी भिलिएर्सले ३ रन मात्र जोडे भने ट्राभिस हेड (२) र केदार जाधव (७)ले समर्थकहरुलाई निराश पारे। पुनेका लागि इमरान ताहिरले ३ विकेट लिए भने लकी फर्गुसनले ४ ओभरमा ७ रन खर्चेर २ विकेट आफ्नो नाम गरे। उत्कृष्ट बलिङ प्रदर्शन गरेका फर्गुसन म्यान अफ द म्याच भए।
यसअघी पहिलो ब्याटिङ गरेको पुनेले २० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ५७ रन जोड्यो। उसका लागि फर्ममा रहेका ओपनर राहुल त्रिपाठीले २८ बलमा ३७ रन जोडे भने कप्तान स्टिभन स्मिथले ३२ बलमा ४५ रन बनाए। ओपनर अजिंक्या रहाने ६ रन बनाऊँदै आउट भए। मनोज तिवारीले अविजित ४४ रन जोडे भने महेन्द्र सिंह धोनी पनि २१ रनमा अविजित रहे। बेंगलोरका लागि स्टुअर्ट बिनि, पवन नेगी र स्यामुएल बद्रिले १/१ विकेट लिएका थिए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]