9 years ago
April 30, 2017
दिल्ली (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा किङस इलेभेन पन्जाबले दिल्ली डेयरडेभिल्सलाई १० विकेटले पराजित गरेको छ।

टस जितेर पहिलो फिल्डिङ रोजेको पन्जाबले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै दिल्लीलाई ६७ रनमा अलआउट गर्यो। दिल्लीका लागि ३ ब्याट्स्म्यानले मात्र दोहोरो अंकमा स्कोर बनाएका थिए। दिल्लीका लागि कप्तान करुन नायरले ११, कोरी एन्डरसनले १८ र कागिसो रबाडाले ११ रन जोडेका थिए। पन्जाबका लागि सन्दिप शर्माले ३ विकेट लिए भने अक्षर पटेल र वरुण आरोनले २/२ विकेट आफ्नो नाममा गरे।
दिल्लीको ब्याटिङ १८औं ओभरसम्म मात्र टिकेको थियो। जवाफि ब्याटिङमा उत्रिएको पन्जाबले ७ ओभर ५ बलमै लक्ष्य प्राप्त गरेको थियो। ओपनर हसिम अमला र मार्टिन गप्टिलले अविजित रहँदै टोलीलाई जितसम्म पुर्याएका थिए। गप्टिलले २७ बलमा ५० रन बनाए भने हसिम अमलाले १६ रन जोडे। पन्जाबका सन्दिप शर्मा म्यान अफ द म्याच घोषित भए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]