9 years ago
May 2, 2017
धनगढी (हाम्रो खेलकुद) – धनगढीको फाप्लालाई अन्तराष्ट्रिय स्तरको मैदान वनाउनका लागि निजि र सरकारी क्षेत्रवाट सहयोग जुट्दै गएको छ । अन्तराष्ट्रिय स्तरको मैदान वनाउनका लागि ड्रिम फाप्ला अभियान सञ्चानल भएपछि ६ लाखभन्दा वढी रकम निजि क्षेत्रका संस्था र व्यक्तीवाट संकलन भएको छ । देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग डिपिएलको आयोजनावाट पनि डेढ लाख रकम फाप्लालाई सहयोग गरिएको छ ।

धनगढीको फाप्लालाई अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि अभियान सञ्चालन गरिएपछि सहयोगी हातहरु जुट्दै गएका हुन । थ्री डि नक्सा तयारी गर्नुका साथै सरकारी स्तरवाट पनि रकम आउन थालेका वेला निजि क्षेत्रले पनि सहयोग गर्न थालेका हुन । देश विदेशमा रहेका संस्था र व्यक्तीहरुले झण्डै ६ लाख ११ हजार रुपैया सहयोग गरेका छन । त्यसमा ढाई लाख रकम सर्वे, अध्ययन र वेवसाईट निर्माणमा खर्च भएको छ । धनगढी प्रिमियर लिगको आयोजनावाट पनि झण्डै डेढ लाख रकम सहयोग गरिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले वताउनुभयो ।
फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा जुट्न सवैमा आग्रह समेत गरिएको छ । राजनीतिक दल र नेताहरुलाई दुुरगामी महत्वको फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न पहल गर्न, जोडदार रुपमा माँग राखेको एकेडेमाीका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]