default_image

9 years ago

May 2, 2017

नेपाली क्रिकेटको विवाद सुल्झाउन एक महिने अल्टिमेटम

214 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – गत बैशाखमा निलम्बनमा परेको नेपाली क्रिकेटको समस्या समाधान गर्न आइसीसीले दिएको म्याण्डेट अब केहि सातामात्र बाँकी छ। निलम्बनमा परेको १ वर्ष बितिसक्दापनि केहि विकास हुन नसकेपछि अब नेपाली क्रिकेटनै आइसीसीबाट खारेजीमा पर्ने खतरा बढ्दै गएको छ।

आइसीसीको जुनमा बस्ने बोर्ड बैठकले नेपालजस्तै निलम्बनमा रहेको अमेरिकी क्रिकेट बोर्डलाई खारेज गर्न सक्ने समाचार बाहिरिएसंगै नेपाली क्रिकेट चिन्तामा डुबेको छ। क्यान निलम्बन भएपछि आइसीसीले आगामी जुनभित्र क्यान विधान संशोधन गर्दै निर्वाचन गर्ने र संशोधन विधान पास गर्ने गरी सल्लाहकार समिति बनाएको थियो।

नेपाली क्रीकेटको विद्यमान समस्या समाधानको लागि आज काठमाडौँ स्थित नेपाल पर्यटन बोर्डको सभा कक्षमा नेपाल क्रिकेट खेलाडी संघ(सिप्यान)ले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो।

कार्यक्रममा नेपाली क्रिकेटसंग सिधा सम्बन्ध रहेका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो। आइसीसी सल्लाहकार समितिका पवन अग्रवाल, विनयराज पाण्डे र बसन्त चौधरी लगायतले कार्यक्रममा आफ्नो भनाइ राखेका थिए। आइसीसी सल्लहाकार समितिका सदस्यले नयाँ विधानको खाका तयार भइसकेको र यदि सबै पक्ष राजी भएको अवस्थामा एक साता भित्र उक्त बिधान राष्ट्रिय खेलकुद परीषदलाई बुझाइने जानकारी दिए।

सल्लाहकार समूहका संयोजक बसन्त चौधरीले उनकै शब्दमा ‘क्रिकेटका मठाधीश’हरुका कारण नेपालको समस्या समाधान नभएको बताए । क्यानका ‘निर्वाचित’ अध्यक्ष र महासचिव उपस्थित नभएको कार्यक्रममा आईसीसीले गठन गरेको सल्लाहकार समूहका संयोजक बसन्त चौधरीले क्यानको नयाँ बिधान सर्वसम्मत रुपले पारित हुन बतए । अमेरिकी क्रिकेटको अवस्थातर्फ इंगित गर्दै उनले सरकारले केहिदिन भित्रै आवश्यक कदम नचालेमा नेपाली क्रिकेटमा ठूलो दुर्घटना हुनसक्ने चेतावनी दिए । चौधरीले सल्लाहकार समूहले सबैको भावना समेटिने गरी क्यानको नयाँ बिधानको पहिलो ड्राफ्ट तयार पारिसकेको तर त्यसलाई कसरी जारी गर्ने भन्ने बिषयमा सदस्यबीच मतभेद रहेको स्वीकारे ।

कार्यक्रमका तस्बिरहरु हेर्न यहाँ थिच्नुहोस्

यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले क्रिकेटको विवाद अब चाडैं सुल्झने र एक महिनाभित्र यसले निकास पाउनेमा ढुक्क रहेको बताए। अदालतमा विचाराधीन रहेको क्यानको मुद्दाले अहिले भइरहेको कार्यलाई केहि फरक नपर्ने पनि विष्टले बताए। नेपाली क्रिकेटलाई छिटो निकास दिन एडभाइजर कमिटिले एक महिनाभित्र संशोधित विधान आइसीसी, सरकार र राखेपलाई छिटो भन्दा छिटो बुझाउन आग्रह गरे । उनले विगत तर्फ इंगित गर्दै केही साथीहरुको जिद्धीपना शैलीले नेपाली क्रिकेट अहिले अवस्थामा पुगेको बताउदै अब नेपाली क्रिकेटको निलम्वन छिट्टै फुकुवा हुने बताए । उनले अब खेलकुदमा कुनै राजनैतिक हस्तक्षेप नहुने पनि बताए ।

युवा तथा खेलकुद मन्त्रि दलजित श्रीपालीले पनि नेपाली क्रिकेटको विवाद समाधानका लागि आफुले सक्दो प्रयास गरिरहेको जानकारी दिए। उनले सरकार (राखेप) र आइसीसीको सल्लाहकर समितिसंग समन्वय गरिरहको र चाडैं यसले निकास पाउनेमा आफु विश्वस्त रहेको बताए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को मताहतमा सल्लाहकार समिति गठन भैसकेको अवस्थामा सल्लाहकार समितिले छिटो भन्दा छिटो विधान संशोधन गरेर नेपाल क्रिकेट संघ (क्यान) गठन गर्न मन्त्री श्रीपाइलीले आग्रह गरेका छन् । ‘नेपाली क्रिकेटलाई निकास दिन सल्लाहकार समितिले यसै महिनाभित्र विधान संशोधनको खाका दिनपर्छ ।’ मन्त्री श्रीपाइलीले भने सल्लाहकार समिति बनेको यतिका समयसम्म समितिले केही काम गरेपनि काम गराई निकै ढिला भएको छ । ढिलाईका कारण नेपाली क्रिकेटमा दुर्घटना ननिम्तियोस भन्न चहान्छु ।’

यस्तै तदर्थ समितका अध्यक्ष रमेश सिलवालले सामान्य प्रक्रिया अनुसार बिधान क्यानको साधरणसभाले पारित गर्नुपर्ने हो तर, संशोधित बिधानले साधारणसभाकै अधिकार कटौती गर्ने भएकाले साधारणसभाले कहिल्यै बिधान पारित नगर्ने तर्क राखे । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा सिप्यानका महासचिव पारस खड्काले अमेरिकाले ब्यहोरेको अहिलेको समस्या नेपालमा पनि लागू नहोस् भन्ने आफ्नो चाहना रहेको बताए । सल्लाहकार समूहका सह–संयोजक बिनयराज पाण्डेले अमेरिका पटक पटक निलम्बनमा पर्ने गरेको र पटकपटक त्यहााको बिधान संशोधन गरेपनि सबैको भावना नसमेटिएकाले त्यहाँ बिबाद धेरै देखएको बताए । त्यसै कारण आईसीसीले सदस्यता खारेजीसम्मको मानसिकता बनाउनुपरेको उनको दावी थियो ।

राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र अम्पायर बिनय झाले छिटो भन्दा छिटो क्यानको विवाद सुल्झाएर क्रिकेटलाई अगाडी बढाउन सम्पूर्ण माझ आग्रह गरेका थिए। कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले क्रिकेट बोर्ड निलम्बन पर्दा खेलाडीहरुलाई धेरै असर परिरहेको पनि बताएका थिए।

कार्यक्रममा निर्वाचित क्यान दाबी गर्ने अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोक नाथ प्याकुरेललाई बोलाइए पनि उपस्थिति रहेको थिएन।

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

December 6, 2025

चितवनले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]

Success

Thank you for your time.