9 years ago
May 3, 2017
एजेन्सी – इन्डियन प्रिमिएर लिग अन्तर्गत मंगलबार भएको खेलमा दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ।

पहिलो ब्याटिङ गरेको हैदराबादले राखेको १ सय ८६ रनको लक्ष्यलाई ५ बल खेल्न बाँकी रहँदै दिल्लीले ४ विकेटको क्षतिमा पुरा गरेर जित हासील गरेको थियो।
दिल्लीका लागि ओपनर सञ्जु स्यामसनले २४, करुण नायरले २० बलमा ३९, ऋषव पन्तले ३४ रन र श्रेयस एैयरले २५ बलमा ३३ बनाएका थिए। यसबाहेक कोरी एन्डर्सन २४ बलमा अविजित ४१ तथा मोरिसले १५ रनमा अविजित रहेका थिए। मोहम्मद सिराजले २ तथा भुवनेश्वर कुमारले १ विकेट लिएका थिए।
यसअघि पारीको अनत्यतिर युवराज सिंहको ब्याटिङ चलेपछि हैदराबादले ३ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो। उनले ४१ बलमा १ छक्का र ११ चौकाको सहयोगले अविजित ७० रन बनाएका थिए।
कप्तान डेभिड वार्नर (३०), शिखर धवन (२८) र केन विलियम्सन (२४) ९२ रनको योगफलमा आउट भइसकेको स्थितिमा युवराजले बिस्फोटक ब्याटिङ गरेका थिए। उनले मोएसिस हेनरिकेस (२५) सँग मिलेर चौथो विकेटका लागि पछिल्लो ५० बलमा अविजित ९३ रन बनाएका थिए।
वार्नर र केन विलियम्सनलाई आउट गरेका मोहम्मद सामी खेलको म्यान अफ दि म्याच घोषित भए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]