9 years ago
May 5, 2017
एजेन्सी – युवा खेलाडीद्वय ऋषव पन्त र सन्जु स्यामसनले आक्रमक पारी खेलेपछि इन्डियन प्रिमियर लिग अन्तर्गत बिहिबर राती भएको खेलमा दिल्ली डेयरडेभिल्सले ७ विकेटको सहज जित हात पार्यो।

पहिलो ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८ रनको विशाल योगफल खडा गरेपनि त्यो जितको लागि पर्याप्त रहेन। कप्तान सुरेश रैनाको ७७ रन र दिनेश कार्तिकको आक्रमक ६५ रनको मद्दतले गुजरात २ सय रन कटाउन सफल रहेको थियो। दिल्लीका लागि कागीसो रबाडा र प्याट कमिन्सले २/२ विकोट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले कप्तान करुण नायरलाई सस्तैमा गुमाएपनि दोश्रो विकेटका लागि स्यामसन र पन्तको उत्कृष्ट साझेदारीले जित दर्ता गर्न सफल रह्यो। स्यामसनले ३१ बलमा ६१ रन जोडे भने पन्तले ९७ रनको उत्कृष्ट पारी खेले। १४औं ओभरमा थम्पीको बलमा कट बिहाइन्ड हुनुअघि उनले ४३ बलमा ६ चौका र ९ छक्का प्रहार गरेका थिए। दिल्लीले १७ ओभर ३ बलमै लक्ष्य पुरा गरेको थियो।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]