9 years ago
May 6, 2017
बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा किङ्गस इलेभेन पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई १९ रनले पराजित भएको छ ।

चिन्नास्वामी रंगशालमा भएको खेलमा पहिलो ब्याटिङ गरेर पन्जाबले प्रस्तुत गरेको एक सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लोर १९ ओभरमा अल आउट हुँदै मात्रै एक सय १९ रन बनाउन सफल रह्यो । बेंगलोरका मन्दीप सिंहले ४६, पवन नेगीले २१ तथा एबी डी भिलिएर्सले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । म्यान अफ द म्याच बनेका सन्दिप शर्माले क्रिस गेल, विराट कोहली र डी भिलिएर्सको विकेट लिएका थिए। अक्षर पटेलेले तीन तथा मोहित शर्मा र ग्लेन म्याक्सवेलले दुई/दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले ७ विकेटको नोक्सानीमा एक सय ३८ रन बनाएको थियो । उसका लागि अक्षर पटेलले नटआउट ३८ रन बनाए । यस्तै मनन वोहराले २५, ऋद्धिमन शाहले २१ तथा शान मार्सले २० रन बनाए । जितपछि पन्जाबकोको प्लेअफमा पुग्ने सम्भावना कायम रहेको छ । १० अंक जोडेको पन्जाब अन्नका तालिकाको पाँचौ स्थानमा आइपुगेको छ । उसले अब चार खेल खेल्न बाँकी छ । दुई खेल बाँकी हुँदा पुछारमा रहेको बैंग्लोरको पाँच अंक छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]