default_image

9 years ago

May 6, 2017

झापा दोश्रो चरणमा प्रवेश

115 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – अत्तरीयामा जारी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार भएको दोस्रो खेलमा मिलन एकेडेमी झापाले कञ्चनपुरलाई किनारा लगाएर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

टस जितेर पहिले व्याटिग गर्दै मिलन एकेडेमी झापाले निर्धारित २० ओभरमा ६ विकेट क्षतीमा एक सय ४६ रन वनायो । टीमका लागि मान्सी चौधरीले सर्वाधिक ४७ रन वनाईन । ३३ वलको सामना गरेकी उनले ७ चौका प्रहार गरिन् । त्यस्तै रितु जैन र मुस्कान वेगमले १८ रनको योगदान दिईन् । पाचौ विकेटका लागि रितु र रोमा थापाले ५८ रनको तथा रितु र मुस्कानले छैटौ विकेटका लागि ४८ रनको साझेदारी गरिन् । कञ्चनपुरकी डली भटट्ले ३ विकेट लिईन् । मन्जु विष्टले दुई र जानकी भटट्ले १ विकेट लिईन ।

१ सय ४७ रनको विजय लिएर मैदान उत्र्रिएको कञ्चनपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा ११९ रन मात्रै वनाउन सक्यो । सुरुवाता राम्रो भएपनि मध्यक्रम नचल्दा लगातार दोस्रो हारपछि कञ्चनपुर वाहिरिएको हो । कञ्चनपुरका लागि कविता जोशीले ५२ रनको अर्धशतकीय पारी खेले पनि आफ्नो टीमलाई जिताउन सकिनन् । त्यस्तै रेखा रावल र विन्दु रावलले ११÷११ रन वनाईन । झापाका लागि सवनम राई संगीता राई रितु जैन र कविता गौतमले एक एक विकेट लिईन । वुमन अफ द म्याच हुदै झापाकी रितु जैनले नगद ३ हजार हात पारिन ।
प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा समुह वी मा रहेका कैलाली जिल्ला क्रिकेट एकेडेमी र वारा क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन । दुवैले पहिलो खेलमा हार व्यहोरेका छन । अव आईतवार विहान हुन दुवै वीचको खेलमा जित हात पार्ने टोली सेमिफाईनल पुग्नेछ । यसअघि नै एपिएफ अन्तिम चारमा पुगिसकेको छ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख प्राप्त गर्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.