9 years ago
May 6, 2017
हैदराबाद (एजेन्सी) – जयदेव उनदकटले दोश्रो इनिङको अन्तिम ओभरमा ह्याट्रिक मेडन गरेपछि राइजिङ पुने सुपरजाएन्ट्सले सनराइजर्स हैदराबादलाई १२ रनको अन्तरले पराजित गरेको छ। जितको लागि अन्तिम ओभरमा १३ रन चाहिएको स्थितिमा उनदकटले ओभरको दोश्रो, तेश्रो र चौथो बलमा विकेट लिएका थिए।

पहिलो ब्याटिङ गरेको पुनेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४८ रनको योगफल खडा गरेको थियो। पुनेका लागि अजिंक्य रहानेले २२ रन बनाए भने कप्तान स्टिभन स्मिथले ३४ रन बनाएका थिए। फर्ममा रहेका अलराउण्डर बेन स्टोक्सले २५ बलमा ३९ रन बनाए। महेन्द्र सिंह धोनीले पनि २१ बलमा ३१ रनको आक्रामक पारी खेलेका थिए। हैदराबादका सिद्धार्थ कलको नाममा ४ विकेट रह्यो।
जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले राम्रो सुरुवातलाई निरन्तरता दिन नसक्दा हार व्येहोरेको थियो। कप्तान वार्नरले ३४ बलमा ४० रन बनाए भने युवराज सिंहले ४३ बलमा ४७ रन जोडे। शिखर धावनले १२ बलमा १९ रन बनाएका थिए। अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसकेपछि पुनेले खेलमा पकड बनाएको थियो। उनदकटले अन्तिम ओभरमा ह्याट्रिक लिनुका साथै खेलमा पाँच विकेट पनि लिए। उनले यससंगै आइपिएलमा १०० विकेट पुरा गरेका थिए। स्टोक्सको नाममा पनि ३ विकेट रहेको थियो।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]