9 years ago
May 7, 2017
धनगढी (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपको सेमीफाईनलमा समिकरण पुरा भएको छ । बारा क्रिकेट एकेडेमीलाई हराउदै कैलाली जिल्ला क्रिकेट एकेडेमी अन्तिम चारमा प्रवेश गरेसंगै सेमिफाईनल समिकरण पुरा भएको हो । समुह बी मा रहेका बारा र कैलालीले आफ्नो पहिलो खेलमा पराजित भएका कारण जित्ने टीम सेमिफाईनल पुग्ने अवस्थामा कैलालीले बारामाथि ८ विकेटको सानदार जित दर्ता गरेको हो।

सोमबार हुने पहिलो सेमिफाईनलमा समुह ए को विजेता एपिएफसग समुह बी को उपविजेता कैलालीले फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समुह बी को विजेता राईजिङ क्रिकेट वुमनले समुह ए को उपविजेता मिलन क्रिकेट एकेडेमी झापासग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
अत्तरीया स्थित शसस्त्र प्रहरी वलको खेल मैदानमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा टस जितेर पहिले व्याटिङ गर्दै बारा क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट क्षतीमा ६७ रनको सामान्य योगफल मात्रै वनाउन सक्यो । जसमा ब्याटवाट ५० र अतिरिक्तबाट १७ रन वनेको थियो ।
शनिबार राईजिङ क्रिकेट वुमनसगको खेलमा पनि बाराले ७३ रनको स्कोर मात्रै वनाउन सकेको थियो । राईजिङले बारा विरुद्ध प्रतियोगिताकै सर्वाधिक २०३ रनको स्कोर खडा गरेको थियो । बाराको पारीमा सरस्वती पुनले १९ र ममता चौलागाईले १० रन बनाईन । अरु खेलाडीहरुले दोहोरो रन स्कोर वनाउन सकेनन् । कैलालीका लागि सुमन बिष्टले २ विकेट लिईन् । कविता कुवर, अन्जली चन्द र लक्ष्मी साउदले एक एक विकेट लिए ।
६८ रनको विजय लक्ष्य लिएर मैदान उत्र्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमीले सहज रुपमा पुरा गर्यो । मन्जु विष्टको ३३ रनको अविजित पारी र कविता कुवरको २२ रनको मदत्तले कैलालीले १२ ओभरमा २ विकेट क्षतीमा लक्ष्य भेटायो । बाराकी सामना पुनले एक विकेट लिईन । खेलमा उत्कृष्ट व्याटिङ गरेकी मन्जु वोगटी वुमन अफ द म्याच हुदै नगद तीन हजार हात पारिन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]