9 years ago
May 8, 2017
धनगढी (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा विभागीय टोली एपिएफ उपाधि नजिक पुगेको छ ।

सोमवार भएको पहिलो सेमिफाईनलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले हराउदै एपिएफ उपाधि नजिक पुगेको हो । अत्तरीया स्थित एपिएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गर्दै एपिएफले निर्धारित २० ओभरमा ५ विकेट क्षतीमा १५० रन वनायो । टीमका लागि करुणा भण्डारीले ४२ रनको पारी खेलिन् । २९ वलको सामना गर्दै उनले एक छक्का र ६ चौका प्रहार गरिन् । टीमका लागि १५ वल खेल्दै ३ चौकाको मदत्तले विनु वुढामगरले २१ रन र ममता चौधरीले १५ रन वनाईन् । दोस्रो विकेटका लागि ज्योती र सरीता मगरले ३२ रनको, तेस्रो विकेटका लागि ज्योती र करुणाले ३५ रनको तथा करुणा र ममताले चौथो विकेटका लागि २९ रनको महत्वपुर्ण साझेदारी गरे । कैलाली जिल्ला क्रिकेट एकेडेमीका लागि कविता कुवरले ३ विकेट लिईन । ४ ओभर बलिङ गरेकी उनले २३ रन खर्चिन । यस्तै अञ्जली चन्द र लक्ष्मी साउदले एक एक विकेट लिईन । ३ ओभर वलिग गरेकी लक्ष्मीले ३३ रन खर्चिन । कैलालीका लागि सुमन विष्टको वलिग भारी भयो । एक ओभरमा २३ रन दिएकी उनले आफुले गरेको ४ ओभरमा ४७ रन खर्चिन ।
एक सय ५१ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमी ६८ रनमा समेटियो । टोलीका लागि नितु भण्डारीले १७ रन जोड्नु वाहेक अन्य खेलाडीले दोहोरो रन वनाउन सकेनन् । एपिएफको कसिलो वलिग सामु कैलालीका खेलाडी निरीह देखिए । एपिएफको जितमा विनु वुढामगरले ३ विकेट लिईन । सरीता मगर र सीता रानामगरले दूई दुई विकेट लिए भने करुणा भण्डारी र रितु कनौजीयाले एक एक विकेट लिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी कप्तान विनु वुढामगर वुमन अफ द म्याच भईन् । उनले नगद ३ हजार हात पारिन् । त्यस्तै खेलमा एक एक छक्का प्रहार गरेकी एफिएफकी करुणा भण्डारी र ईन्दु वर्माले नगद पाच पाच सय प्राप्त गरिन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]