default_image

9 years ago

May 8, 2017

राइजिङ र एपीएफ फाइनलमा भिड्ने

144 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा विभागीय टोली एपिएफ र राईजिङ क्रिकेट वुमनले उपाधिका लागि भिड्ने भएका छन । सोमबार भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टोली उपाधिका लागि आमने सामने हुन लागेका हुन । दिनको दोस्रो सेमिफाईनलमा राईजिङ क्रिकेट वुमनले झापा क्रिकेट एकेडेमीलाई ९ रनले किनारा लगाउदै फाइनलमा स्थान बनाएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको राईजिङ क्रिकेट वुमनले २० ओभरमा ३  विकेट क्षतीमा ११९ रन वनायो । टीमका लागि पुजा निभा भाटले सर्वाधिक ४७ रन बनाईन भने साम्पा मुखर्जीले ४२ रनको अविजित पारी खेलिन। सहनाज प्रविणले १७ रन बनाईन । ११९ रनको योगफलसम्म आफ्नो टीमलाई पुर्याउने क्रममा पहिलो विकेटका लागि सहनाज र पुजाले ३३ रनको साझेदारी गरिन । यस्तै दोस्रो विकेटका लागि पुजा र साम्पाले ७२ रनको अर्धशतकीय साझेदारी गरिन् । झापाका लागि सरस्वती चौधरी २ र अनुराधा चौधरीले एक विकेट लिईन् ।

१२० रनको लक्ष्य लिएर मैदान उत्रिएको मिलन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा सवै विकेट गुमाउदै ११० रन मात्रै वनाउन सक्यो । कप्तान रुवीना क्षेत्रीले ३९ रनको योगदान गरे पनि आफ्नो टीमलाई जिताउन सकिनन् । टोलीका लागि रितु जैन र मुस्कान वेगमले २१/२१ रन बनाईन् । दोस्रो विकेटका लागि रितु र रुविना वीच ५० रनको साझेदारी समेत भएको थियो । राईजिङ क्रिकेट वुमनलाई फाईनलमा पुर्याउनका लागि पुजा निभा भाटले ४ विकेट लिईन । ४ ओभर बलिङ गरेकी उनले २२ रन खर्चिन । नेरी थापाले पनि ४ ओभरमा १४ रन खर्चेर ३ विकेट हात पारिन । राईजिङ क्रिकेट वुमनकी पुजा निभा भाट वुमन अफ द म्याच हुदै नगद ३ हजार प्राप्त गर्न सफल भईन् ।

वैशाख २१ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलवार सम्पन्न हुनेछ । यसअघि दिनको पहिलो सेमिफाइनल जितेको एपिएफ र राईजिङ क्रिकेट वुमन बीच मंगलवार दिउसो उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.