default_image

9 years ago

May 11, 2017

ऐरको ९६ रनसंगै दिल्लीले गुजरातलाई हरायो

132 views

0 Bookmark

राजकोट (एजेन्सी) – युवा ब्याट्सम्यान श्रेयस ऐरले ५७ बलमा ९६ रनको उत्कृष्ट पारी खेलेपछि दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई २ विकेटले पराजित गरेको छ।

बुधबार राती खेलिएको इन्डियन प्रिमियर लिगको खेलमा १ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले १५ रनको स्थितिमा २ विकेट गुमाएपछि मुस्किलमा परेको थियो। तर, चौथो नम्बरमा ब्याटिङ गर्न आएका ऐरले १५ चौका र २ छक्काको मद्दतले पारी सम्हालेपछि दिल्लीले जित दर्ता गरेको थियो। ऐर अन्तिम ओभरको दोश्रो बलमा आउट भएका थिए। त्यसै ओभरको चौथो बलमा चौका प्रहार गर्दै अमित मिश्राले दिल्लीलाई जित दिलाएका थिए।

दिल्लीका लागि प्याट्रिक कमिन्सले १३ बलमा २४ रनको आक्रामक अन्त्य दिए भने माथिल्लो क्रममा करुण नायरको १५ बलमा ३० रन पनि महत्वपूर्ण रह्यो। गुजरातका लागि जेम्स फक्नरले २ विकेट लिएका थिए।

यसअघि पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९५ रन जोडेको थियो। ओपनर इशान किसनले २५ बलमा ३४ रन जोडे भने दिनेश कार्तिकले २८ बलमा ४० रन बनाए। आरोन फिंचले ३९ बलमा ६ चौका र ४ छक्काको मद्दतले ६९ रन बनाएपछि गुजरात ठुलो स्कोरतर्फ उन्मुख भएको थियो। रबिन्द्र जडेजा १३(७) र जेम्स फक्नर १४(८)मा अविजित रहँदै टोलीलाई राम्रो अन्त्य दिलाएका थिए।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.