default_image

9 years ago

May 12, 2017

मुम्बईविरुद्धको जितसंगै पन्जाबको प्लेअफ आशा जिवितै

154 views

0 Bookmark

मुम्बई (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत बिहिबार राती भएको खेलमा किङ्गस इलेभेन पन्जाबले मुम्बई इन्डीयन्सलाई ७ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जिवितै राखेको छ।

दुवै टोलीले खेलेको ४० ओभरमा कुल ४ सय ५३ रन बनेको खेलमा पन्जाबले पहिलो ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २ सय ३० रन जोडेको थियो। ओपनर रिधिमान साहले ५५ बलमा अविजित ९३ रन बनाएपछि पन्जाबले ठुलो स्कोर खडा गरेको थियो।  उनलाई कप्तान ग्लेन म्याक्स्वेलले २१ बलमा ४७ रन प्रहार गर्दै साथ दिएका थिए। मनन वोहराले १८ बलमा ३६ रन जोड्दा सन मार्सले १६ बलमा २५ रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले उत्कृष्ट सुरुवात गरेको थियो। ओपनर लेन्डल सिमंस र पार्थिव पटेलको जोडीले ८.४ ओभरमा ९९ रन बनाएका थिए। सिमंसले ३२ बलमा ५९ रन जोडे भने पटेलले २३ बलमा ३८ रन जोडे। कप्तान रोहित शर्माले आशातीत प्रदर्शन गर्न सकेनन् भने नितिश रनले १२ रन मात्र बनाए।  काइरन पोलार्ड २४ बलमा ५० रन जोड्दै अविजित रहँदा हार्दिक पाण्ड्याले १३ बलमा ३० रन बनाएका थिए। मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २३ रन मात्र जोड्न सक्यो।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.