default_image

9 years ago

May 13, 2017

पुनेको हारसंगै आइपिएल रोमान्चक मोडमा

164 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा दिल्ली डेयरडेभिल्सले राइजिङ पुने सुपरजाएन्ट्सलाई ७ रनले पराजित गर्दै प्लेअफ समीकरणलाई थप रोमान्चक बनाएको छ।

पहिलो ब्याटिङ गरेको दिल्लीले ओपनर करुण नायरको ६४ रनको मद्दतले राम्रो स्कोर खडा गरेको थियो। उनले ४५ बल खेल्दै ९ चौका प्रहार गरेका थिए। ऋषभ पन्तले २२ बलमा आक्रामक ३६ रन जोडे भने मार्लोन स्यमुएल्सले २१ बलमा २७ रन बनाए। पुनेका जयदेव उनद्कट र बेन स्टोक्सले २/२ विकेट लिए। दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको पुनेले ओपनर अजिंक्या रहानेलाई पारीको पहिलो बलमै गुमाएको थियो। मध्यक्रममा मनोज तिवारीले ६० रनको उत्कृष्ट पारी खेलेपनि त्यो हार टार्न पर्याप्त रहेन। अन्तिम बलमा आउट हुनुअघि उनले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान स्टिभ स्मिथले नदिमको बलमा एलबिडब्लु हुनुअघि ३२ बलमा ३८ रन जोडे भने बेन स्टोक्सले २५ बलमा ३३ रनको पारी खेले। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेपछि पुनेले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ६१ रन बनाएको थियो। दिल्लीका जाहिर खान र महम्मद शामीले २/२ विकेट लिएका थिए।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.